आठ करोड मूल्य पर्ने आईफोन १४ प्रो म्याक्स, यसमा खास के छ?

  • Technology Khabar | २५ असार २०८०, सोमबार
आठ करोड मूल्य पर्ने आईफोन १४ प्रो म्याक्स, यसमा खास के छ?

काठमाडौं ।

यस समयमा एप्पलको नवीनतम मोडेल आईफोन १४ सिरिज हो। यसमध्ये पनि आईफोन १४ प्रो म्याक्स सबैभन्दा महँगो आईफोन मोडल हो। स्थानीय बजारमा यसको मूल्य १,९१,९९० रुपैयाँदेखि शुरु हुन्छ। तर हामी तपाईलाई यस्तो आईफोन १४ म्याक्सको बारेमा बताइरहेका छौँ जसको मूल्य करिब ८ करोड रुपैयाँ भन्दा बढी रहेको छ।

हो, एप्पल आईफोन १४ प्रो म्याक्सको डायमण्ड स्नोफ्लेक भेरियन्ट, जसलाई क्याभियारले कस्टमाइज गरेको छ, यसको मूल्य ६,१६,००० डलर अर्थात् करिब ८ करोड १० लाख ३४ हजार रुपैयाँ भन्दा माथि छ। यो आईफोन यति महँगो छ कि यो लेम्बोर्गिनी हुराकान इभीओ सुपरकार भन्दा पनि अधिक मूल्यको छ।

यो आईफोनलाई क्याभियारले बेलायती ज्वेलरी ब्राण्ड ग्राफसँगको सहकार्यमा कस्टमाइज गरेर बनाईएको हो र ३ ओटा मात्रै विशेष मोडलहरु बनाइएको छ।

ब्याक प्यानल धेरै अद्वितीय

आईफोन १४ प्रो म्याक्सको डायमण्ड स्नोफ्लेक भेरियन्टको सबैभन्दा विशेष कुरा यसको पछाडिको पेन्डेन्ट हो। यो पेन्डेन्ट डिजाइन प्लाटिनम र सेतो सुन अर्थात ह्वाइट गोल्डबाट बनाइएको हो। यो पेन्डेन्टको मात्र मूल्य करिब ६२ लाख रहेको छ। यो लटकनमा १८ हजार सेतो सुनको ब्याकप्लेट छ जसमा ५७० ओटा हीरा जडिएको छ। एप्पल आईफोन १४ प्रो म्याक्स नेपालमा रु करिब २ लाख ८ हजारको मूल्यमा लन्च गरिएको थियो, जुन हाल मूल्य घटेर रु १,९७,९९० मा उपलब्ध छ।

आठ करोड मूल्य तोकिएको यो मोबाइल किन्न चाहनुहुन्छ भने क्याभियारको आधिकारिक वेबसाइटमा गएर किन्न सक्नुहुनेछ। आईफोन मोडेलको साथ, कम्पनीले तपाईंलाई १ वर्षको वारेन्टी दिन्छ र यसको डेलिभरी प्रक्रिया मेलिङ सेवा मार्फत गरिन्छ।

प्रकाशित: २५ असार २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार