एप्पलले फोल्डेबल स्क्रिन ल्यापटपमा काम गर्दै

  • Technology Khabar | २६ असार २०८०, मंगलवार
एप्पलले फोल्डेबल स्क्रिन ल्यापटपमा काम गर्दै

काठमाडौं ।

अहिलेसम्म आफ्नो जेनबुक फोल्ड लाइनको साथ फोल्डिङ–स्क्रिन ल्यापटपको अग्रणी स्थानमा रहेको असुसले भविष्यमा केही गम्भीर प्रतिस्पर्धा पाउने संभावना रहेको छ।

कोरियाबाट बाहिर आएको एक रिपोर्टका अनुसार एप्पलले फोल्डेबल स्क्रिन ल्यापटपमा काम गरिरहेको जीएसएमएरिनामा उल्लेख छ। कम्पनीले फोल्डेबल स्क्रिन म्याकबुक लन्च गर्नको लागि आपूर्तिकर्ताहरूसँग वार्ता गरिरहेको बताइएको छ। साथै यस उपकरणले अहिलेको सुस्त प्रदर्शन बजारलाई उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ।

त्यसैगरि एप्पलको फोल्डेबल स्क्रिन ल्यापटप २०२५ मा अनावरण पश्चात २०२६ मा मात्र बजारमा रिलिज हुने बताइएको छ। सामसङ डिस्प्ले र एलजी डिस्प्ले जस्ता कोरियाली डिस्प्ले निर्माताहरूले हालै स्मार्टफोन बजार धेरै संतृप्त भएकोले ल्यापटपहरूको लागि ओएलईडी प्यानलहरूमा धेरै लगानी गरेको उल्लेख छ।

साथै उक्त कम्पनीहरूको लागि नयाँ बजार बढ्दै गएको हुनाले हाल दुबै कम्पनीहरूले “ल्यापटपहरूको लागि फोल्डेबल ओएलईडी प्यानलहरूको विकास र उत्पादन योजनाहरूमा समन्वय गरेको” बताइएको छ।

एप्पलको अर्डरले यो सानो बजारमा ठूलो हलचल बनाउने अनुमान गरिएको छ। स्रोतलाई उदृत गर्दै रिपोर्टमा भनिएअनुसार लार्जर डिस्प्ले साइज (ठूला डिस्प्ले आकारहरू) प्यानल निर्माताहरूका लागि बढी लाभदायक हुने बताइएको छ। यद्यपि डिस्प्लेहरू ठूलो भएको खण्डमा पिक्सेल घनत्वहरू प्राप्त गर्न अझ गाह्रो हुनेछ।

साथै फोल्डेबल डिस्प्लेहरू स्मार्टफोनका लागि भन्दा बढी ल्यापटपका लाभदायक हुने भएकाले डिस्प्ले निर्माताहरूका लागि निकट भविष्यमा केही थप पैसा कमाउने ठूलो अवसर हुने उल्लेख गरिएको छ।

प्रकाशित: २६ असार २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

India eyes $200B in data center investments as it ramps up its AI hub ambitions

  • Technology Khabar
  • २६ असार २०८०, मंगलवार