यस्तो छ सामसङको ए सिरिजमा ल्याएको नयाँ भर्सनको ‘ए८’ र ‘ए८ प्लस’

Technology Khabar ५ पुष २०७४, बुधबार

काठमाडौं ।

काठमाडौं,५ पुस । कोरियाली स्मार्टफोन मेकर कम्पनी सामसङले ए सिरिज अन्तर्गत दुई मोडलका स्मार्टफोनहरु ‘ए ८’ र ‘ए ८ प्लस’ (Samsung Galaxy A8 and A8+) को २०१८ भर्सन सार्वजनिक गरेको छ।

यी स्मार्टफोनहरु सन् २०१८ को जनवरीमा अमेरिकामा आयोजना हुने ‘कन्जुमर इलेक्ट्रोनिक्स सो’ मा ल्याइने चर्चा रहेपनि केही समय अगाडि नै फोनहरु सार्वजनिक गरिएको हो। साँच्चिकै भन्दा यी दूबै भर्सन यसअघि आएको ग्यालेक्सी ए५(२०१७) र ए ७(२०१७) भर्सनको अपग्रेडेड भर्सन हो, न की ग्यालेक्सी ए ८ को ।

यी फोनमा डुअल फ्रन्ट क्यामरा तथा इनफिनिटी डिस्प्ले जस्ता फिचर्स रहेका छन् । सामसंगले ए सिरिजका यी दुबै फोनमा पहिलो पटक दुई वटा सेल्फी क्यामेरा राखेकोे छ। यी फोनहरुमा १६ र ८ मेगापिक्सेलका दुई सेल्फी क्यामेरा छन्। फोनको रियर क्यामरा भने १६ मेगापिक्सेलको छ।

दुबै फोनमा इन्फिनिटी डिस्प्ले प्रयोग गरिएको छ। यिनले गियर भिआर सपोर्ट गर्छन् भने गोरिला ग्लाससमेत दिइएको छ। ब्ल्याक, आर्किड ग्रे, गोल्ड तथा ब्लू चार रङमा उपलब्ध हुने छ ।

ए ८ मा ५.६ र ए८ प्लसमा ६ इन्चको सुपर एमोलेड स्क्रिन छ। दुबै फोन एन्ड्रोयडको नूगट ७.१ भर्सनमा संचालन हुन्छन भने यसमा २.२ गीगाहर्जको अक्टाकोर प्रोसेसर प्रयोग गरिएको छ।

ए८ मा ४ जीबी र्याम तथा ए८ प्लस ४ र ६ जीबी भेरियन्टमा उपलब्ध छ। दुबै फोनमा ३२ र ६४ जीबीको इन्टरनल स्टोरेज छ।

त्यस्तै ए८ मा ३ हजार तथा ए८ प्लसमा ३ हजार ५ सय एमएएच क्षमताको ब्याट्री छ। यिनले फास्ट चार्जिङ सेमत सपोर्ट गर्छन् भने अाइपी ६८ वाटरप्रुफ छन्।

दूबै फोनहरु बजारमा आउँदो जनवरी महिनाबाट मात्र उपलब्ध हुनेछ । हालसम्म यसको मूल्यको बारेमा आधिकारीक जानकारी छैन तर पनि ए ८ को मूल्य ४ सय ९९ युरो तथा ए८ प्लसको मूल्य ५ सय ९९ युरो हुनसक्ने अनुमान गरिएको छ ।

यो फोन यूरोप बाहिर उपलब्ध हुन्छ वा हुँदैन भन्ने बारेमा केहि जानकारी दिर्इएको छैन् ।

प्रकाशित: ५ पुष २०७४, बुधबार

तपाइको प्रतिक्रिया