सुदूर पश्चिम प्रदेशस्तरीय इन्जिनियरिङ क्याम्पस स्थापना हुने

  • Technology Khabar | २२ असार २०८०, शुक्रबार
सुदूर पश्चिम प्रदेशस्तरीय इन्जिनियरिङ क्याम्पस स्थापना हुने
सांकेतिक तस्बिर

काठमाडौं ।

डोटी जिल्लाको सदर मुकाम सिलगढीमा सुदूर पश्चिम प्रदेशस्तरीय इन्जिनियरिङ क्याम्पस स्थापना हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालय सभाले प्रस्तावित खप्तड इन्जिनियरिङ क्याम्पस स्थापनाका लागि स्वीकृति प्रदान गरेसँगै डोटीमा इन्जिनियरिङ क्याम्पस स्थापनाको बाटो खुला भएको हो ।

क्याम्पसले आधिकारिकता पाएसँगै सोमबार जिल्ला समन्वय समितिको सिलगढीस्थित भवनमा इन्जिनियरिङ क्याम्पसको आधिकारिक कार्यालय स्थापना गरिएको छ ।

खप्तड क्याम्पसका परियोजना संयोजक रामप्रसाद पौडेलका अनुसार डोटीमा स्थापना हुनलागेको प्रदेशस्तरको इन्जिनियरिङ क्याम्पसले त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानको आङ्गिक क्याम्पसका रूपमा स्वीकृति प्राप्त गरेको हो। गोरखापत्रबाट

प्रकाशित: २२ असार २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...