१४ ओटा कानून ल्याउने तयारीमा सञ्चार मन्त्रालय

  • Technology Khabar | १५ असार २०८०, शुक्रबार
१४ ओटा कानून ल्याउने तयारीमा सञ्चार मन्त्रालय

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय १४ ओटा कानून जारी गर्ने प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले विधेयक, नियमावली र नियमावली संशोधन गरेर नयाँ कानून जारी गर्न लागेको हो।

जसमा ९ ओटा विधेयक, ४ ओटा नियमावली संशोधन र एक नियमावली रहेको छ।

सुरक्षण मुद्रण सम्बन्धी विधेयक र सार्वजनिक सेवा प्रसारण विधेयक संघीय संसदमा विचाराधिन रहेको छ।

सूचना प्रविधि सम्बन्धी विधेयक संघीय संसद अन्तर्गत प्रतिनिधि सभामा पेश भई फिर्ता भई हाल सूचना प्रविधि विभागबाट सुझाव सहित प्राप्त भई सञ्चार मन्त्रालमाय छलफलको क्रममा छ।

यस्तै नेपाल मिडिया काउन्सिल विधेयक र आमसञ्चार सम्बन्धी विधेयक, २०८० आमसञ्चार क्षेत्र सुधार समितिबाट प्रतिवेदन प्राप्त भई सञ्चार मन्त्रालयमा छलफलको क्रममा रहेको छ।

चलचित्र क्षेत्रलाई व्यवस्थापन र नियमन गर्न बनेको विधेयक चलचित्र विकास बोर्डमा सुझाव सहित प्राप्त भई सञ्चार मन्त्रालयमा छलफलको क्रममा रहेको छ।

हुलाक सेवा विधेयक सञ्चार मन्त्रालयमा छलफलको क्रममा छ।

दूरसञ्चार विधेयक मन्त्रिपरिषद्बाट कानून तर्जुमाको सहमति प्राप्त भई छलफलको क्रममा छ।

दूरसञ्चार पूर्वाधार सम्बन्धी नियमावली २०८० नियमावलीको मस्यौदा तयार भई अर्थ मन्त्रालयबाट सहमति प्राप्त भई सञ्चार मन्त्रालयमा छलफलको क्रममा छ।

साइबर सुरक्षण विधेयक नेपाल दूरसञ्चार प्राधिकरणबाट मस्यौदा भई आएको र सञ्चार मन्त्रालयमा छलफलको क्रममा छ।

राष्ट्रिय प्रसारण (बाह्रौं संशोधन) नियमावली, २०८० सञ्चार मन्त्रालयमा छलफको क्रममा छ।

हुलाक सेवा (पाँचौ संशोधन) नियमावली २०८० अर्थ मन्त्रालयमा सहमति प्राप्त भई सहमतिको लागि पठाइएको छ।

विज्ञापन (नियमित गर्ने) (पहिलो संशोधन) नियमावली, २०८० कानून र अर्थ मन्त्रालयको सहमति प्राप्त भई मन्त्रिपरिषद् पठाउन पेश गरिएको छ।

अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन (पहिलो संशोधन) नियमावली, २०८० कानून मन्त्रालयबाट सहमति प्राप्त भई अर्थ मन्त्रालयमा सहमतिको लागि पठाइएको छ।

प्रकाशित: १५ असार २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार