अल्फाबेट र एयरटेलले लाइट बीम प्रयोग गरेर भारतको दुर्गम क्षेत्रमा इन्टरनेट पहुँच प्रदान गर्ने

  • Technology Khabar | १४ असार २०८०, बिहीबार
अल्फाबेट र एयरटेलले लाइट बीम प्रयोग गरेर भारतको दुर्गम क्षेत्रमा इन्टरनेट पहुँच प्रदान गर्ने

काठमाडौं ।

अल्फाबेटले प्रकाशको किरण प्रयोग गरेर भारतका दुर्गम क्षेत्रहरूमा इन्टरनेट सेवा पुर्याउन भारतीय अपरेटर भारती एयरटेलसँग साझेदारी गरेको छ।

गुगल पेरेन्ट अल्फाबेटले पहिले स्ट्र्याटोस्फियरमा उच्च-उचाईयुक्त बेलुनहरू प्रयोग गरेर ग्रामीण र दुर्गम क्षेत्रहरूमा इन्टरनेट पहुँच पुर्याउने प्रयास गरेको रोयटर्सले रिपोर्ट गरेको छ।

तारा भनेर चिनिने परियोजना एक्स भनिने अल्फाबेटको नवप्रवर्तन प्रयोगशालाको एक हिस्सा हो, जसलाई “मूनशट फ्याक्ट्री” पनि भनिन्छ।

स्ट्र्याटोस्फेरिक बेलुनहरू प्रयोग गरेर इन्टरनेट पुर्याउने प्रयास सन् २०१६ मा सुरू गरिएको थियो।

ताराले अष्ट्रेलिया, केन्या र फिजी लगायत १३ देशमा इन्टरनेट सेवाहरू जोड्न मद्दत गरिरहेको छ, यस परियोजनाका नेतृत्व गर्ने महेश कृष्णस्वामीले भनेका छन्। यसले इकोनेट समूह र अफ्रिकामा यसको सहायक कम्पनी लिक्विड टेलिकम, इन्टरनेट प्रदायक ब्लुटाउन भारत र प्रशान्त क्षेत्रका टापुहरूका लागि डिजिसेलसँग सम्झौता गरेको छ।

यो प्रविधिमार्फत स्पष्ट लाइन अफ साइट भएको अवस्थामा करिब २० जीबीपीएसको डाटा ट्रान्सफर गर्नसकिने कम्पनीको वेबसाइटमा दाबी गरिएको छ।

प्रकाशित: १४ असार २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार