सामान पार्सल पठाई दिन्छु भनी अनलाईन मार्फत ठगी गर्ने ब्यक्ति पक्राउ

  • Technology Khabar | ११ असार २०८०, सोमबार
सामान पार्सल पठाई दिन्छु भनी अनलाईन मार्फत ठगी गर्ने ब्यक्ति पक्राउ

काठमाडौं ।

विदेशबाट सामान पार्सल पठाई दिन्छु भनी अनलाईन मार्फत ठगी गर्ने ब्यक्तिहरुलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई इङल्याण्डको नागरिक बताउने एल्भिस मार्टिन्स नाम गरेको अपरिचित व्यक्तिसंग साथी भई म्यासेजमार्फत कुराकानी गर्दा पिडितलाई फोटो पठाउन लगाई तिमीलाई मन पराउँछु, माया गर्छु भनी ह्वाट्यसएप नम्बर +४४७४२४१३२४९५ बाट सम्पर्क गरी ठगेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ।

ती महिलाले म नेपालमा आएर तिमीलाई विवाह गरी लैजान्छु, गिफ्ट पठाई दिन्छु, सुनका गरगहना, घडी, आईफोन डलर सहितको लगेज पठाई दिएको छु भनी पिडितलाई प्रलोभनमा पारी ह्वाट्सएप नम्बर ९७४८८२२८६६ मार्फत कुराकानी भई तपाईँको सामान पाउनको लागी कस्टम चार्ज, डलर चार्ज बापतको रकम विभिन्न व्यक्तिको खातामा पटक- पटक गरी आठ लाख चालिस हजार रुपैयाँ रकम पठाउन लगाई अनलाईन मार्फत ठगी गरेको आरोप छ।

उक्त कार्यमा संलग्न ललितपुर गोदावरी नपा वडा नं. ८ बस्ने नारायण खड्काको छोरी बालकृष्ण पोखरेलकी श्रीमती ४० बर्षिया चण्डिका पोखरेललाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी निजलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर ललितपुर, पठाईएको जनाएको छ।

प्रकाशित: ११ असार २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार