
काठमाडौं ।
फेसबुकको मूल कम्पनी मेटाले नेपालमा एचटीटीपुल बाई अलेफ लाई आफ्नो आधिकारिक बिक्री साझेदारको रूपमा चयन गरेको छ।
यहि असार ३ गते मेटा र एचटीटीपुल बाई अलेफले संयुक्त रूपमा कार्यक्रमको आयोजना गरी यो घोषणा सार्वजानिक गरेका छन्। कार्यक्रममा नेपालका विज्ञापन विशेषज्ञहरू, विभिन्न व्यवसायका शीर्ष अधिकारीहरू र डिजिटल मिडिया पेशेवरहरू सहित विभिन्न उद्योग र पृष्ठभूमिका लगभग २०० सहभागीहरुको उपस्थिती रहेको थियो।
नेपालमा मेटाको अधिकारिक आगमनसँगै अब स्थानीय विज्ञापनदाताहरू र एजेन्सीहरूलाई व्यापार विस्तार, आन्तरिक समर्थन, रणनीतिक मार्गदर्शन, क्रस-बोर्डर बिलिङ्ग र अन्य मेटाका उत्पादनहरूमा आवश्यक सहयोग प्रदान हुने बताईएको छ।
एचटीटीपुल बाई अलेफ, मेटाको आधिकारिक बिक्री साझेदारीको रूपमा १८ भन्दा अधिक बजारहरुमा आफ्ना अध्ययन र उत्पादनहरु प्रयोग गरिरहेको जानकारी दिएको छ।
नेपालमा पनि एचटीटीपुल बाई अलेफ ले सीधा सम्पर्क बिनाका साना तथा ठूला प्रयोगकर्ताहरु र विज्ञापनदाताहरुलाई मेटाले प्रदान गरिरहेको अधिक्तम उत्पादनहरु, एपहरु र सेवाहरुको फाईदा लिन सक्षम पार्नेछ।
डिजिटल प्रयोगकर्ताको बढ्दो र विकासशील वातावरणमा नेपालमा डिजिटल विज्ञापनको उन्नत अवसर छ जसमा पहिले नै ब्रान्डहरूले क्षेत्रीय बजारहरू जितिरहेको छन्। यसको अतिरिक्त, गतिशील रूपमा बढ्दो इ-कमर्स बजार र डिजिटल रूपमा परिपक्व अनि विकसित सम्भावनाको रूपमा नेपालमा एग्रिगेटर साइटहरु, भुक्तानी साधनहरू र ई-कमर्श प्रदायकहरू पहिले नै अगाडि छन् र अन्य ई-कमर्श व्यवसायहरूको उदयलाई सक्षम बनाउँदैछन्।
दुई दिनको कार्यक्रमले नेपालमा विज्ञापनदाताहरूका लागि डिजिटल परिसूचक र विज्ञापन अन्तर्दृष्टिको अनावरण गर्यो। साथमा यसले मेटा विज्ञापन मार्फत सफलतापूर्वक ब्रान्डहरू कसरी निर्माण गर्ने भन्ने बारे विचार र अवसरहरू प्रस्तुत गरेको आयोजकले जानकारी दिएको छ।
एचटीटीपुल बाई अलेफका प्रबन्ध निर्देशक सन्नी नागपालका अनुसार, “एचटीटीपुल बाई अलेफ, नेपालको लागि आधिकारिक पुनर्विक्रेताको रूपमा विज्ञापनदाताहरूलाई आन्तरिक सहयोग र मार्गदर्शन प्रस्तुत गर्नेछ। हामी विज्ञापनदाताहरूलाई नयाँ सीपहरू सिक्न मद्दत गर्ने र मेटाले प्रदान गरेको सुबिधालाई अधिकतम बनाउन मद्दत गर्न विभिन्न क्षेत्रमा कार्यशालाहरू र प्रशिक्षण प्रदान गर्नेछौँ।”
प्रकाशित: ११ असार २०८०, सोमबार