कर्मचारीले सिटरोल अनलाइनबाटै भर्न मिल्ने

  • Technology Khabar | ८ असार २०८०, शुक्रबार
कर्मचारीले सिटरोल अनलाइनबाटै भर्न मिल्ने

काठमाडौं ।

राष्ट्रिय किताबखाना (निजामती) ले अनलाइन प्रविधिबाट कर्मचारीको वैयक्तिक विवरण (सिटरोल) फाराम बुझाउन सकिने व्यवस्था गरेको छ।

यसअघि कर्मचारी सङ्केत नम्बर लिन सिटरोल फाराम भरी किताबखानामा भौतिक रूपमा पेस गर्नुपर्ने अवस्था थियो तर अब अनलाइन प्रविधिबाटै कर्मचारीको सिटरोल बुझाउन सकिने व्यवस्था गरिएको छ।

सेवाग्राहीलाई पर्न गएको असुविधालाई ध्यानमा राखी सूचना र प्रविधिको उच्चतम रूपमा प्रयोग गर्दै किताबखानाले अनलाइनबाटै सिटरोल फाराम बुझाउन सक्ने व्यस्था गरिएको राष्ट्रिय किताबखानाले जनाएको छ।

लोक सेवा आयोगको नियुक्तिका लागि सिफारिस भई आउने निजामती कर्मचारीले आफू सुरु नियुक्ति हुँदाको बखत कानुनले तोके अनुसारको सङ्ख्यामा सिटरोल भरेर विभागबाट स्वीकृत गराई कर्मचारी सङ्केत नम्बर लिनुपर्ने व्यवस्था गरेको छ।

अनलाइन माध्यमबाट सिटरोल बुझाउने र त्यसको स्वीकृतिपछि कर्मचारी सङ्केत नम्बर प्राप्त गर्ने प्रक्रियाबारे किताबखानाको वेबसाइटमा राखिएको सूचनामा उल्लेख गरिएको किताबखानाले जानकारी दिएको छ। गोरखापत्रबाट

प्रकाशित: ८ असार २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...