‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को इन्टरनेट पार्टनरमा डिशहोम फाइवरनेट

  • Technology Khabar | ८ असार २०८०, शुक्रबार
‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को इन्टरनेट पार्टनरमा डिशहोम फाइवरनेट

काठमाडौं ।

असार ८ र ९ गते ‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को आयोजना हुँदैछ। आइसिटी फाउण्डेसन नेपालको आयोजना र कार्यक्रमको डिशहोम फाइवरनेट इन्टरनेट पार्टनर रहेको छ। कन्क्लेभमा विभिन्न देशका आइसिटी बिज्ञहरु सहित ७० बढी स्रोत बिज्ञहरु रहेका छन्।

द सोल्टी काठमाडौंमा आयोजना हुने कन्क्लेभमा विभिन्न ६ थिममा १५ बढि सेसनहरु संचालन हुनेछन्। २ दिने कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशबाट विषय विज्ञहरुको उपस्थिती रहनेछ।

आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभको दोस्रो संस्करण हो। कन्क्लेभको प्रि–इभेन्टको रुपमा फाउण्डेसनले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम सञ्चालन गरेको थियो । सातै प्रदेशको डिजिटल अवस्था र सक्षमताको जानकारी सहितको डिजीटल प्रदेश परिदृश्यको दोस्रो संस्करण कन्क्लेभमा सार्बजनिक गरिने आयोजकले जनाएको छ।

प्रकाशित: ८ असार २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार