२२ अर्ब ३८ करोड स्मार्टफोन भित्रियो

  • Technology Khabar | ८ असार २०८०, शुक्रबार
२२ अर्ब ३८ करोड स्मार्टफोन भित्रियो

काठमाडौं ।

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ११ महिनामा २२ अर्ब रुपैयाँभन्दा बढीको स्मार्टफोन नेपाल भित्रिएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आवको जेठ मसान्तसम्म २२ अर्ब ३८ करोड १६ लाख २८ हजार रुपैयाँ बराबरको १४ लाख २७ हजार ३८१ यूनिट स्मार्टफोन नेपाल भित्रएको हो।

स्मार्टफोनको आयातबाट सरकारले ४ अर्ब १७ करोड ५० लाख ९४ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ।

चालु आवको बैशाख मसान्तमा २० अर्ब ४१ करोड ९३ लाख २१ हजार रुपैयाँ १३ लाख ९ हजार ८५६ यूनिट स्मार्टफोन आयात भएको थियो। जेठमा मात्र १ अर्ब ९६ करोड २३ लाख ७ हजार रुपैयाँ बराबरको १ लाख १७ हजार ५२५ यूनिट स्मार्टफोन आयात भएको देखिन्छ।

७१ मुलुकबाट स्मार्टफोन आउने गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

सबैभन्दा धेरै चीनबाट नेपालमा स्मार्टफोन आउने गरेको छ। चीनबाट १३ अर्ब ६८ करोड ४१ लख ७५ हजार रुपैयाँ बराबरको ९ लाख ४४ हजार ४९२ यूनिट स्मार्टफोन आयात भएको छ।

भारतबाट ७ अर्ब १४ करोड ८६ लाख ११ हजार रुपैयाँ बराबरको ४ लाख ६२ हजार ७४१ यूनिट स्मार्टफोन आयात भएको छ।

प्रकाशित: ८ असार २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार