
काठमाडौं ।
विश्वका दुई उच्च-प्रोफाइल टेक्नोलोजी अर्बपतिहरू इलन मस्क र मार्क जुकरबर्ग एक केज (पिंजडा) म्याचमा एक अर्कासँग लड्न सहमत भएका छन्।
इलन मस्कले केहि समयअघि ट्वीट गरेर उनी जुकरबर्गसँग ‘अप फर अ केज म्याच’मा हुने बताएका छन् । उता मेटाका सीईओले ‘मलाई स्थान पठाउनुहोस्’ क्याप्शनको साथ मस्कको ट्वीटको स्क्रिनसट पोस्ट गरेर जवाफ फर्काए।
जुकरबर्गको इन्स्टाग्राम अकाउन्टको पोस्ट वास्तमा मजाक होइन भने अब बल मस्कको कोर्टमा भएको द भर्जले लेखेको छ। ‘स्टोरी आफै बोल्छ,’ मेटाका प्रवक्ता इस्का सारिकले भनेकी छन्।
मस्कले दुई शब्दहरूका साथ जवाफ दिएः ‘भेगास अष्टगन।’ अष्टगन प्रतिस्पर्धाको म्याट हो र अल्टिमेट फाइटिङ च्याम्पियनशिप (यूएफसी) बाउटहरूको लागि प्रयोग गरिएको क्षेत्र हो। यो यूएफसी लस भेगास, नेभाडामा आधारित छ।
त्यसपछि उनले ट्वीट गरेः ‘मसँग यो ठूलो ट्रिक छ जसलाई म ’द वालरस’ भन्छु, जहाँ म केवल मेरो प्रतिद्वन्द्वीको माथि सुत्छु र केहि गर्दैन।’
उनले यो पनि ट्वीट गरेः ‘मेरा बच्चाहरूलाई उठाएर हावामा फ्याँक्नु बाहेक, म लगभग कहिल्यै कसरत गर्दिन।’
यसैबीच, ३९ वर्षिय जुकरबर्गले पहिले नै मिक्स्ड मार्शल आर्ट (एमएमए) मा प्रशिक्षण गरिसकेका छन् र हालै जिउ–जित्सु प्रतियोगिताहरू जितेका छन्।
दुई टेक अर्बपति बिचको लडाईमा कसले जित्छ भन्ने बहस सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। केहीले भने लडाईको विज्ञापन गर्दै मजाक उडाउने पोस्टरहरु सहित मीमहरु पोस्ट गरेका छन्।
प्रकाशित: ७ असार २०८०, बिहीबार