
काठमाडौं ।
सरकारी मोबाइल वालेट नमस्ते पे ले नयाँ तथा विद्यमान दुवै ग्राहकहरूका लागि विभिन्न अफर र क्यासब्याक को साथ नयाँ अभियान सुरु गरेको छ। यो अभियान असार ४ गतेदेखि सुरु भएको हो।
यस अभियान अन्तरगत बम्पर अफरको रूपमा, दुई भाग्यशाली विजेताहरूले ल्यापटप र स्कुटर जित्ने मौका पाउनेछन्। अफरको लागि योग्य हुन, प्रयोगकर्ताहरूले कुनै पनि सेवाहरूको न्यूनतम दुई कारोबार पूरा गर्न आवश्यक छ। साप्ताहिक अफरहरू जस्तै स्मार्टवाच, ट्राभल प्याकेज र उडान टिकटमा १००% क्यासब्याकको लागि योग्य हुन प्रयोगकर्ताहरूले कम्तिमा एउटा कारोबार एक हप्ताको अवधिमा गर्न आवश्यक छ।
त्यसैगरी, दैनिक अफरहरू रु.५०० वालेट ब्यालेन्स, १ जीबी डाटा प्याक र रु.१०० क्यासब्याक विशेष गरी नमस्ते पे का नयाँ प्रयोगकर्ताहरूका लागि हुन्। यस अफरको लागि योग्य हुन, प्रयोगकर्ताहरूले नमस्ते पे एप डाउनलोड र दर्ताका साथै केवाईसी प्रमाणित गर्नुपर्ने छ।
प्रकाशित: ७ असार २०८०, बिहीबार