वाचा अनुरुपको बोनस नदिएको भन्दै ट्विटर विरुद्ध कर्मचारीहरुले मुद्दा हाले

  • Technology Khabar | ७ असार २०८०, बिहीबार
वाचा अनुरुपको बोनस नदिएको भन्दै ट्विटर विरुद्ध कर्मचारीहरुले मुद्दा हाले

काठमाडौं ।

ट्विटरका वर्तमान र पूर्व कर्मचारीहरुले कम्पनी विरुद्ध मुद्दा दायर गरेका छन्। कम्पनीले वाचा गरे अनुरुपको करोडौं डलरको बोनस नभएको उनीहरुको दाबी छ। सान फ्रान्सिस्को संघीय अदालतमा २० जुन २०२३ मा मुद्दा दायर गरिएको थियो।

मस्कले कम्पनी प्राप्त गरेको महिनामा, ट्विटरका कर्मचारीहरूलाई बोनसको आश्वासन दिइएको थियो। उनीहरूलाई २०२२ को बोनसको पूर्ण रकम दिइने भनिएको थियो।

बोनसको प्रतिज्ञाहरू तत्कालीन सीएफओ नेड सेगल सहित कम्पनीका धेरै कार्यकारीहरूबाट आएको कर्मचारीहरूले दाबी गरेका छन्। तर मस्कको आगमनसँगै बोनसका यी वाचाहरू अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन।

प्रकाशित: ७ असार २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...