
काठमाडौं ।
नुबीया रेड म्याजीक ८ एस प्रो भर्खरै देखा परेसँगै यसले नयाँ स्न्यापड्रयागन ८ जेन २-प्रकारको चिपसेटलाई ओभरक्लक गरिएको सीपीयूले पावर दिने बताइएको छ।
विभिन्न चिनियाँ रिपोर्टहरूका अनुसार डिभाइस जुलाई ५ मा आइपुग्ने छ। नयाँ फोन गेमिङ-ओरिएन्टेड ट्याब्लेटको साथ, रेड म्याजिक श्रृंखलाको लागि पहिलो रहेको बताइएको छ।
जेटटीईको स्वामित्व भएको नुबीया ब्रान्डबाट एन्ड्रोइड ट्याब्लेट एकै समयमा आउनसक्नेछ। नुबीया रेड म्याजीक ८ प्रोमा अल्ट्रा- फास्ट वायर्ड चार्जिङ, एक्टिभ कुलिङ फ्यान र सफ्टवेयर परफमेन्स अप्टीमाइजेसन लगायतका फिचर हुने अपेक्षा गरिएको छ।
चिपसेटअन्तरगत एक नयाँ क्वालकम उत्पादन रहेको जुन अर्को दुई हप्तामा लन्च गरिनेछ। यसको नाम सम्भवतः स्न्यापड्रयागन ८ प्लस जेन २ हुनेछ र गत वर्षको जेन १ मीड-एयर चेन्जेजहरु जस्तै हुने बताइएको छ।
यसको जेन ३ फ्ल्यागशिप चिपसेट अक्टोबरको अन्त्यको लागि निर्धारित रहेको उल्लेख छ।
प्रकाशित: ७ असार २०८०, बिहीबार