
काठमाडौं ।
“रेड्मी के ६० अल्ट्रा” चीनमा लन्च हुने बताइएको छ। वर्षको सुरुमा रेड्मी के ६० तथा रेड्मी के ६० प्रोको रिलीज भएसँगै निकट भविष्यमा रेड्मी के ६० अल्ट्राको लागि अर्को प्रमाणीकरण आउने तथा रेड्मी के ६० अल्ट्रा लन्च हुने अपेक्षा गरिएको बताइएको हो।
आगामी रेड्मी के ६० अल्ट्रा ३ सी डाटाबेसमा नयाँ सूचीमा २३०७८ आरकेडी ५ सी मोडेल नम्बर प्राप्त गरेको देखिएको तथा यो शाओमी एमडीवाई १४ इडी चार्जर मार्फत १२० वाट चार्जिङ समर्थनको साथ प्रमाणित रहेको बताइएको छ, जुन रेड्मी के ६० प्रो मा पनि देखाइएको थियो।
“रेड्मी के ६० अल्ट्रा” चीन बाहिर शाओमी १३ टी प्रोको रूपमा लन्च गर्ने हल्ला छ। दुबै आगामी फोनहरू ६६७ इन्च ओएलइडी स्क्रिन (१४४ हर्ज ), डाइमेन्सिटी ९२०० चिपसेट र ट्रिपल क्यामराको साथ लन्च हुने अपेक्षा गरिएको बताइएको छ।
प्रकाशित: ७ असार २०८०, बिहीबार