नयाँ नयाँ नेपाली चलचित्र डिशहोममा मात्र प्रदर्शन हुँदै

  • Technology Khabar | ६ असार २०८०, बुधबार
नयाँ नयाँ नेपाली चलचित्र डिशहोममा मात्र प्रदर्शन हुँदै

काठमाडौं ।

बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र एक्सक्लुसिभ प्रदर्शन हुने भएको छ। विभिन्न कारणवस हल सम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोम मार्फत सपरिवार एकै साथ वसेर हेर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

प्रेम गीत ३, छक्का पञ्जा ४, चिसो मान्छे, प्रकास, कृष्ण लिला, माइकल अधिकारी, नाई नभन्नु ल ६, प्रसाद २, झिँगे दाउ जस्ता नयाँ र दर्शकहरुले अत्याधिक रुचाएको चलचित्रहरु डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन हुनेछन् । सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम विक्रेता वा डिलरदाई मार्फत सेवा लिएर र आफ्नै मोबाईलवाट एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ।

डिशहोमको यो प्रयासले सपरिवारसंगै तथा आफुले चाहेको समयमा नयाँ चलचित्र हेर्न सकिने छ। यस्तै नेपाली चलचित्रप्रति दर्शकहरुको चासो र माया वढ्नुका साथै नेपाली चलचित्रको विकास तथा प्रवर्धनमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको जनाएको छ।

प्रकाशित: ६ असार २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार