
काठमाडौं ।
चिनियाँ प्रमुख सहरहरूमा इलेक्ट्रिक बाइकहरू प्रतिबन्धित गर्न खोजिएको छ। विश्वव्यापी रूपमा विद्युतीय बाइकको प्रयोग बढ्दै गएका बेला इभीको बढ्दो लोकप्रियता सँगै यसका केही चुनौतीहरू निम्तिएकाले ग्वाङ्झाउ जस्ता केही सहरहरुमा प्रतिबन्धित गर्न खोजिएको बताइएको हो ।
फुटपाथमा सवारी गर्ने सवारहरूले पैदल यात्रुहरूलाई जोखिममा पार्ने तथा उचित प्रशिक्षण वा नियमहरूको जानकारी बिना सडकमा सवारी गर्नेहरूले ट्राफिक जोखिम निम्त्याउने गरेको बताइएको छ। यी समस्याले कतिपय अवस्थामा ज्यानसमेत लिएको उल्लेख छ।
२०१९ मा, चीनमा १०,००० भन्दा बढी ट्राफिक दुर्घटनाहरूमा ई-बाइकहरू समावेश भएका थिए। जसमध्ये २,००० भन्दा बढीको मृत्यु भएको बताइएको छ। पछिल्ला चार वर्षमा यो संख्या बढ्ने सम्भावना रहेको छ।
यसबाहेक, चीनको पहिलो तहको सहर, ग्वाङ्झाउले २०२२ सम्ममा विद्युतीय साइकल ट्राफिक उल्लङ्घनका १.६ मिलियन भन्दा बढी घटनाहरूको अनुसन्धान र समाधान गर्नुपरेको थियो। जुन अघिल्लो वर्षहरूको तुलनामा आश्चर्यजनक वृद्धि रहेको रिपोर्टमा उल्लेख छ।
यी समस्याहरूले, ग्वाङ्झाउ जस्ता केही चिनियाँ शहरहरूले ई-बाइकको प्रयोगमा प्रतिबन्ध लगाउने विचार गरिरहेका बताइएको छ। सहरमा मात्र ३.२२ लाखभन्दा बढी दर्ता भएका विद्युतीय साइकल तथा वास्तविक संख्या योभन्दा पनि बढी हुन सक्ने बताइएको छ।
यद्यपि, केही मानिसहरुले, ई बाइकको प्रयोग प्रतिबन्धले विशेष गरी कार किन्न नसक्ने मानिसहरुका लागी वरिपरि घुम्न गाह्रो बनाउने चिन्ता व्यक्त गरेका छन्। उनीहरूले इ बाइकहरू सुविधाजनक र किफायती यातायातका साधन भएकाले त्यसलाई प्रतिबन्ध लगाउनाले ट्राफिक जामको समस्या झन् बढ्ने तर्क गरेका छन्।
यद्दपी ई-बाइकका फाइदाहरूले ग्वाङ्झाउका प्रशासकहरूलाई प्रतिबन्ध लागू नगर्न मनाउन सक्ने कुरा अस्पष्ट रहेको बताइएको छ। साथै, यो समस्या विश्वभरका शहर प्रशासनहरूले यस्तै प्रतिबन्धहरूको विचार गरिरहेकाले चीनको लागि यो समस्या नौलो भने नरहेको बताइएको छ।
प्रकाशित: ५ असार २०८०, मंगलवार