ग्रामीण दूरसञ्चार कोष परिचालन भएनः सांसद राजेन्द्र बजगाई

  • Technology Khabar | ४ असार २०८०, सोमबार
ग्रामीण दूरसञ्चार कोष परिचालन भएनः सांसद राजेन्द्र बजगाई

काठमाडौं ।

सांसद राजेन्द्र बजगाईले ग्रामीण दूरसञ्चार कोष परिचालन नभएको बताएका छन्। प्रतिनिधि सभाको सोमबारको शुन्य समयमा बोल्दै सांसद बजगाईले यस्तो बताएका हुन्।

‘कोष परिचालन हुँदैन। आगामी वर्षमा यसमा सरकारको के योजना छ,उनको प्रश्न छ, ‘अहिले १० अर्ब रुपैयाँ संचित छ।’

नेपाल दूरसञ्चार प्राधिकरणअन्तरगत रहने ग्रामीण दूरसञ्चार कोषको कार्ययोजना प्रष्ट पार्न उनले सरकारसँग माग गरे।

ग्रामीण दूरसञ्चार कोष परिचालन गर्ने भनेर प्राधिकरणबाट ३ वर्ष अघि सरकारले फिर्ता गर्ने गरी १६ अर्ब रुपैयाँ लगेको थियो। हालसम्म उक्त रकम फिर्ता नभएको पनि सांसद बजगाईको भनाई छ।

यस कोष मार्फत विद्यालयहरुमा कम्प्युटर, ब्रोडब्यान्ड, अप्टिकल फाइबर र इन्टरनेट उपलब्ध गराउने योजना राखिएको थियो। तर यो कोष परिचालित नभएको उनको दाबी छ।

प्रकाशित: ४ असार २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...