संस्कृत विश्वविद्यालयका अनुसन्धान कृति डिजिटलाइज्ड गरिँदै

  • Technology Khabar | १ असार २०८०, शुक्रबार
संस्कृत विश्वविद्यालयका अनुसन्धान कृति डिजिटलाइज्ड गरिँदै

काठमाडौं ।

नेपाल संस्कृत विश्वविद्यालयबाट प्रकाशित अनुसन्धानमूलक कृतिको डिजिटलाइजेशनको काम हुनेभएको छ। विश्वविद्यालयबाट शास्त्री, आचार्य र विद्यावारिधिका अनुसन्धानमूलक कृतिहरू वेबसाइटमा राख्ने तयारी गरिएको हो।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडाकाअनुसार अध्ययन अनुसन्धानलाई प्रविधिमैत्री बनाउन त्यस्ता कृतिलाई वेबसाइटमा राख्ने तयारी गरिएको छ। उनले विद्यावारिधिका सन्दर्भमा संस्कृत विश्वविद्यालयबाट उत्पादित  जनशक्ति निकै अब्बल रहेको दाबी गरे।

उनले संस्कृत शिक्षालाई समाजसँग जोड्न स्थापत्य शास्त्र, विधिशास्त्र, वास्तुशास्त्र अध्ययनका लागि पाठ्यक्रम तयार पारिएको बताए।

प्राध्यापक माधव अधिकारीले विश्वविद्यालयले प्रत्येक क्याम्पसमा महिनामा एक पटक अनुसन्धानमूलक गोष्ठी आयोजना गर्नुपर्ने बाध्यकारी नियम बनाउन थालिएको बताए।

प्रकाशित: १ असार २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...