स्टार्टअपको प्रबर्द्धन गर्न कोशी प्रदेशले स्टार्टअप उद्यम सम्बन्धी नीति बनाउने

  • Technology Khabar | ३२ जेष्ठ २०८०, बिहीबार
स्टार्टअपको प्रबर्द्धन गर्न कोशी प्रदेशले स्टार्टअप उद्यम सम्बन्धी नीति बनाउने

काठमाडौं ।

स्टार्टअप उद्योगको प्रवर्द्धन गर्न कोशी प्रदेशले स्टार्टअप उद्यम सम्बन्धी नीति निर्माण गर्ने भएको छ।

‘प्रदेशमा कृषि, सूचना प्रविधि लगायत प्रदेश औद्योगिक व्यवसाय ऐनले प्राथमिकतामा राखेका उद्योगहरुमा स्टार्टअप उद्यमको सम्भावना अधिक रहेको छ। भविष्यमा उक्त उद्योगहरुको प्रवर्द्धनका लागि स्टार्टअप उद्यम सम्बन्धी नीति तर्जमा गरी कार्यान्वयनमा ल्याउने व्यवस्था मिलाएको छ,’ प्रदेशका मुख्यमन्त्री एवम् आर्थिक मामलिका तथा योजना मन्त्री हिक्मतकुमार कार्कीले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा बताएका हुन्।

प्रकाशित: ३२ जेष्ठ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार