सञ्चार मन्त्रालयमा हुँदा विवादित रहेका डा. बैकुण्ठ अर्याल सरकारको मुख्य सचिवमा नियुक्त

  • Technology Khabar | ३२ जेष्ठ २०८०, बिहीबार
सञ्चार मन्त्रालयमा हुँदा विवादित रहेका डा. बैकुण्ठ अर्याल सरकारको मुख्य सचिवमा नियुक्त

काठमाडौं ।

सरकारले मुख्यसचिवमा डा. बैकुण्ठ अर्याललाई नियुक्त गरेको छ। उनलाई आज बसेको मन्त्रिपरिषद बैठकले मुख्यसचिवमा नियुक्त गरेको हो।

अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवको रुपमा कार्यरत रहेका थिए। उनी यहि असार २ गते अवकाश हुँदैथिए।

उनी यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत रहँदै उनलाई प्रधानमन्त्री कार्यालय तानिएको थियो।

सम्बन्धित समाचार-

सञ्चार सचिव डा. बैकुण्ठ अर्याल प्रधानमन्त्री कार्यालय तानिए

यसअघि उद्योग वाणिज्य तथा आपूर्ति, योजना आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरेका थिए।

उनलाई विशेषगरी बजेटमा दक्ष कर्मचारीको रुपमा चिनिन्छ।

उनी सञ्चार मन्त्रालयमा रहँदा नेपाल टेलिकम र सूरक्षण मुद्रण केन्द्रमा कार्यकारी नियुक्त गर्ने समयमा विवादमा तानिएका थिए। यसैगरी मन्त्रालयको सचिव हुँदा टेलिकमका प्रबन्ध निर्देशक सुनिल कुमार पौडेलको बचाउमा लागेको भन्दै चर्को विरोध समेत भएको थियो।

सम्बन्धित समाचार

जब सञ्चार सचिव अर्यालले नेपाल टेलिकमका एमडी पौडेलको बचाउ गर्न रेष्टुरेन्टमा भेला बोलाए… 

उनकै कार्यकालयमा सूरक्षण मुद्रण केन्द्रका कार्यकारी नियुक्त भएका विकल पौडेल हाल भ्रष्ट्राचारको मुद्दा खेपिरहेका छन्। उनलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगले केन्द्रको काममा ठेक्का लगाउँदा भ्रष्ट्राचार गरेको भन्दै ६९ करोड ८ लाख बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

हेर्नुस् समाचार-

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलसहित ९ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

यसैगरी महालेखा परिक्षकको कार्यालयले बेरुजु फछ्र्यौटको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहँदा डा. अर्याललाई जरिवाना गरेको थियो।

सचिवलाई बेरुजु समस्या समाधान नभएको भन्दै ५ हजार जरिवाना गरेको त्यसबेला स्रोतले टेक्नोलोजीखरबलाई जानकारी दिएको थियो।

हेर्नुस् समाचार

प्रकाशित: ३२ जेष्ठ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार