प्रहरी कार्यालयमा स्मार्ट कन्ट्रोल रुम सञ्चालन

  • Technology Khabar | ३२ जेष्ठ २०८०, बिहीबार
प्रहरी कार्यालयमा स्मार्ट कन्ट्रोल रुम सञ्चालन

काठमाडौं ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले स्मार्ट कन्ट्रोल रुम सञ्चालनमा ल्याएको छ।

प्रहरी घटनास्थलमा पुग्न र जनगुनासो तत्काल सम्बोधन गर्न जल्ला प्रहरी कार्यालय मकवानपुरमा बुधबारबाट स्मार्ट कन्ट्रोल रुम सञ्चालनमा ल्याइएको हो।

मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले स्मार्ट कन्ट्रोल रुमको उद्घाटन गर्दै स्मार्ट कन्ट्रोल रुम सञ्चालनमा आएपछि सूचना प्रविधिको प्रयोग गरी छिटोछरितो नागरिकको सेवा वा उद्धारका लागि सहज हुने बताए।

उनले काठमाडौँ उपत्यकापछि पहिलो पटक हेटौँडामा स्मार्ट कन्ट्रोल रुम स्थापना भएको भन्दै प्रहरी कार्यालयमा अब १०० नम्बरको फोन चार वटा रहेकाले सेवाग्राहीले १०० नम्बरमा फोन लागेन भन्ने गुनासो कम हुने र घटनास्थलमा प्रहरी तत्काल पुग्ने जानकारी दिए।

सूचना प्रविधिको प्रयोग गरी गुनासोकर्ता नागरिक र नजिकको प्रहरीसँग प्रत्यक्ष सम्पर्क गराउने र एसएमएसबाट घटनाबारेमा जानकारी गराई तत्काल घटनास्थलमा पुग्न यससम्बन्धी एप सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो।

कार्यक्रममा प्रहरी निरीक्षक राजु केसीले स्मार्ट कन्ट्रोल रुमको बारेमा जानकारी दिँदै सूचना प्रविधिका कारण हामी पछाडि परेको र नागरिकले घटनाको बारेमा जानकारी गराए पनि समयमा प्रहरी आउँदैन भन्ने गुनासो समाधान गर्न स्मार्ट कन्ट्रोलको अवधारणा सहयोगी हुने विश्वास व्यक्त गरे।

उनले स्मार्ट कन्ट्रोल रुमबाट उद्धार, शान्ति सुरक्षालगायतका विषयमा हुने लाभबारेमा बताउँदै प्रहरी कार्यालयमा विभिन्न माध्यमबाट सूचना प्रविधियुक्त परिचालन कक्ष अर्थात् प्रहरी कन्ट्रोल रुमबाट प्रहरीको रेडियो सेट, कल ट्रान्सफर वा एसएमएसबाट प्रहरी कर्मचारीलाई जानकारी गराइने र तत्काल प्रहरी परिचालन गरिने बताए। गोरखापत्रबाट

प्रकाशित: ३२ जेष्ठ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार