साढे ३० अर्बको टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस् आयात

  • Technology Khabar | २८ जेष्ठ २०८०, आईतवार
साढे ३० अर्बको टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस् आयात
भक्तपुर गठ्ठाघरमा एक घरमाथि रहेको नेपाल टेलिकमको टावर। फाइल तस्विर

काठमाडौं ।

नेपालमा टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस्को आयात घट्दो क्रममा देखिएको छ। चालु आर्थिक वर्षको पहिलो १० महिनामा ३० अर्ब ५० करोड ९१ लाख रुपैयाँ बराबरको टेलिकम्यूनिकसेन उपकरण तथा पार्टस् आयात भएको राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा देखिएको हो।

गत वर्षको सोही अवधिको तुलनमा टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस् आयात ३६.७ प्रतिशतले घटेको छ। २०७८/७९ को बैशाखमसान्तसम्म ४८ अर्ब २३ करोड २ लाख रुपैयाँ बराबरको टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस् आयात भएको थियो।

नेपालमा सबैभन्दा धेरै टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस् चीनबाट आयात हुने गरेको छ।

चालु आवको बैशाख मसान्तमा चीनबाट २१ अर्ब १६ करोड ४३ लाख रुपैयाँको टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस्को आयात भएको छ। गत आवको तुलनामा चालु आवमा चीनबाट आउने टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस् ३४ प्रतिशतले घटेको छ। गत आवको सोही अवधिमा चीनबाट ३२ अर्ब ६ करोड ४० लाख रुपैयाँ बराबरको टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस् आयात भएको थियो।

चालु आवको बैशाख मसान्तसम्म भारतबाट ६ अर्ब ८९ करोड २६ लाख रुपैयाँको टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस् आयात भएको छ। गत वर्षको सोही अवधिको तुलनामा टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस्को आयात ४७ प्रतिशतले घटेको छ। गत वर्षको सोही अवधिमा १३ अर्ब ९३ लाख रुपैयाँको टेलिकम्यूनिकेसन उपकरण तथा पार्टस् आयात भएको थियो।

प्रकाशित: २८ जेष्ठ २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार