भारतमा सिम्पल वान इलेक्ट्रिक स्कुटरको डेलिभरी सुरु

Technology Khabar २५ जेष्ठ २०८०, बिहीबार

काठमाडौं ।

इलेक्ट्रिक दुई पांग्रे निर्माता कम्पनी सिम्पल एनर्जीले सिम्पल वान इलेक्ट्रिक स्कुटरको डेलिभरी भारतमा सुरु गरेको छ। सिम्पल वान इलेक्ट्रिक स्कुटरले फुल चार्जमा २१२ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ।

कम्पनीले यस इलेक्ट्रिक स्कुटर २०२१ अगष्ट १५ मा पहिलो पटक प्रस्तुत गरेको छ। लामो प्रतिक्षा पछि कम्पनीले २३ मेमा १ लाख ४५ हजार (एक्स शोरुम) को सुरुवाती मूल्यमा सार्वजनिक गरेको थियो। दैनिक भास्करका अनुसार स्कुटर सार्वजनिक भएपछि १ लाखभन्दा बढी बुकिङ प्राप्त भएको छ।

सुरक्षित स्कुटर

सिम्पल वान ७ कलर ब्रेजेन ब्ल्याक, नम्मा रेड, एज्योर ब्लू, ग्रेस ह्वाइट, ब्रजेन एक्स, लाइट एक्स विकल्पमा उपलब्ध छ। सुरक्षित ब्याट्री मापदण्ड फलो गरिएकाले यस सेगमेन्टको सबैभन्दा सुरक्षित ब्याट्री युक्त स्कुटर भएको कम्पनीको दाबी छ।

स्वापेबल ब्याट्रीमा ३०० किलोमिटर रेञ्ज

इलेक्ट्रिक स्कुटरमा ४.८ किलोवाट आवरको लिथियम आयन ब्याट्री प्याक दिइएको छ। स्कुटरले फुल चार्जमा २३६ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ। साथै स्वापेबल ब्याट्री प्याकको विकल्प पनि छ। यसबाट स्कुटरको रेञ्ज ३०० किलोमिटरसम्म बढाउन सकिन्छ। ७५० वाट होम चार्जरबाट ५ घण्टा ४५ मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ। साथै फास्ट चार्जिङको विकल्प पनि उपलब्ध छ।

थर्मल म्यानेजमेन्ट सिस्टम

ब्याट्री प्याकलाई ८.५ किलोवाटको इलेक्ट्रिक मोटरसँग जोडिएको छ। जसले ११ बीएचपी पावर र ७२ एनएम टर्क प्रदान गर्छ। २.७७ सेकेन्डमा ० देखि ४० किलोमिटरको गति लिन सक्ने स्कुटरको अधिकतम गति १०५ किलोमिटर प्रति घण्टा छ।

स्कुटरमा चार राइडिङ मोड इको,राइड, ड्यास र सोनिक छ। यसका साथै स्कुटरमा एक थर्मल म्यानेजमेन्ट सिस्टम दिइएको छ। यसलाई आइआईटी इन्दोरले विकास गरेको हो। यसले स्कुटरको मोटर र ब्याट्रीलाई चिसो बनाइ राख्न मद्दत गर्छ। ब्याट्री र मोटरमा कम्पनीले तीन वर्षको वारेन्टी उपलब्ध गराएको छ।

एलईडी हेडल्याप र ७ इन्चको टच स्क्रीन इन्ट्रुमेन्ट क्लस्टर

इलेक्ट्रिक स्कुटरमा एलईडी हेडल्याप, फोरजी कनेक्टिभिटी र ओपन सोर्स एन्ड्रोइड ओएसका साथ ७ इन्चको टच स्क्रीन इन्ट्रुमेन्ट क्लस्टर छ। इसमा टेलिम्याटिक्स, राइड स्ट्याटिस्टिक्स, पार्क असिस्ट, म्यूजिक र कलिङका लागि ब्लूटूथ कनेक्टिभिटी र अनबोर्ड नेभिगेसन सिस्टम लगायत फिचर उपलब्ध छ। यसमा ओभर द एयर (ओटीए) सफ्टवेयर अपडेटको सुविधा पनि छ।

ब्रेकिङ र सस्पेन्सन

इलेक्ट्रिक स्कुटरको ट्यूबलर स्टील फ्रेममा तयार गरिएको छ। इसमा १२ इन्चको अलोय ह्वील दिइएको छ। स्कुटरको फ्रन्टमा २०० मिमी डिस्क र रियरमा १९० मिमी सिंगल डिस्क ब्रेकका साथ कोम्बी ब्रेकिङ सिस्टम छ। मोडलमा टेलिस्कोपिक फ्रन्ट फोक्र्स र रियमा मोनोशोक यूनिटको प्रयोग गरिएको छ। स्कुटरमा ३० लिटरको बूट स्पेस छ।

 

प्रकाशित: २५ जेष्ठ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया