एप्पलले अमेरिकी सेनाका लागि हेडसेट बनाउने कम्पनी किन्यो

  • Technology Khabar | २५ जेष्ठ २०८०, बिहीबार
एप्पलले अमेरिकी सेनाका लागि हेडसेट बनाउने कम्पनी किन्यो

काठमाडौं ।

एप्पलले लस एन्जलसको एआर स्टार्टअप मीरालाई खरिद गरेको छ। मीराका सीईओको प्राइभेट इन्टाग्राम अकाउन्ट मार्फत यस अधिग्रहणको जानकारी प्राप्त भएको दभर्जले रिपोर्ट गरेको छ। मीरा कम्पनीले अमेरिकी सेनाका लागि हेडसेट बनाउने गर्छ।

एप्पलले आफ्नो पहिलो अग्युमेन्ट रियालीटी हेडसेट भिजन प्रो सार्वजनिक गरेको समयमा एप्पल र मीराबीचको सम्झौता बाहिर आएको हो। एप्पलको यो एआर हेडसेट महँगो हेडसेट मध्ये एक हो। एप्पलको यस हेडसेटको प्रतिस्पर्धा मेटाको हेडसेटसँग हुनेछ।

एप्पलले मीरालाई कतिमा खरिद गरेको भन्ने विषय हालसम्म बाहिर आएको छैन। तर मीराले हालसम्म आफ्नो कोषमा करिब १७ मिलयन अमेरिकी डलर संकलन गरेको छ।

सरकारी अभिलेख र प्रेस विज्ञप्ति अनुसार मीराको सैन्य सम्झौतामा अमेरिकी वायुसेनासँगको सानो सम्झौता र नौसेनासँग ४७ लाख २ हजार ३५१ अमेरिकी डलरको सम्झौता समावेश छ। एप्पलले यस प्रकारका साना साना स्टार्टअप अधिग्रहण गर्दै आइरहेको छ। तर यस विषयमा कम्पनीले सार्वजनिक रुपमा चर्चा गर्ने गरेको छैन। यस अधिग्रहण सँगै एप्पलले मीराका करिब ११ कर्मचारीलाई आफ्नो कम्पनीमा रोजगारी दिएको छ।

गत महिना एप्पलले चिप मेकर ब्रोडकमसँग साझेदारी गरिरहेको बताएको थियो। यस साझेदारी अनुसार अमेरिकामा बिक्री हुने एप्पल उत्पादनमा ब्रोडकमको चिपसेट प्रयोग हुनेछ। ब्रोडकमले एप्पलका लागि फाइभजी रेडियो फ्रिक्वन्सी पर्ट्स तयार गर्नेछ।

प्रकाशित: २५ जेष्ठ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...