सिस्टम मर्मतका कारण नेपाल टेलिकमको सेवा आज राती केहि समय अवरुद्ध हुने

  • Technology Khabar | २३ जेष्ठ २०८०, मंगलवार
सिस्टम मर्मतका कारण नेपाल टेलिकमको सेवा आज राती केहि समय अवरुद्ध हुने

काठमाडौं ।

नेपाल टेलिकमले आज राती सिस्टम मर्मत संभारका कारण केहि समय सेवा अवरुद्ध हुने जनाएको छ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै सिस्टमको नियमित मर्मत सम्भारको क्रममा आज जेठ २३ गते राती ११:३० बजे देखि १ घण्टा सम्म केहि सेवाहरु अवरुद्ध हुने बताएको हो।

कम्पनीकाअनुसार प्याकेज सब्सक्रिप्सन, क्वेरी तथा रिचार्ज सेवा अबरुद्द हुन सक्ने र सो बाहेकका सेवाहरु सुचारु हुने छन्।

यसबाट ग्राहकलाई पुग्न जाने असुबिधा प्रति कम्पनीले क्षमा मागेको छ।

प्रकाशित: २३ जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार