हल्ट प्राइज प्रतियोगितामा भाग लिन ५ नेपाली विद्यार्थी मेलबर्न प्रस्थान

  • Technology Khabar | २३ जेष्ठ २०८०, मंगलवार
हल्ट प्राइज प्रतियोगितामा भाग लिन ५ नेपाली विद्यार्थी मेलबर्न प्रस्थान

काठमाडौं ।

सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई–कमर्शले हालै सामाजिक उद्यमशीलतालाई बढावा दिने प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता हल्ट प्राइजको अन–क्याम्पस राउन्ड सम्पन्न गरेको छ।

यस कार्यक्रमले नयाँ सामाजिक उद्यमशीलता अवधारणाहरू प्रयोग गरी विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न विद्यार्थी, उद्यमी र सल्लाहकारहरूको विविध समूहलाई एकसाथ लिएर आएको थियो । यस कार्यक्रमका, विजेता टोलीले आफ्नो सामाजिक उद्यम शुुरु गर्न र दिगो प्रभाव सिर्जना गर्न सीड फन्डिङ अन्तर्गत एक मिलियन प्राप्त गरेका छन् ।

क्याम्पस निर्देशक स्वप्निल विष्टको नेतृत्वमा सफ्टवेरिका कलेजले हल्ट प्राइज २०२२–२३ का लागि प्रेरणादायी कार्यक्रमहरुको आयोजना गरेको थियो । जसमा ३० भन्दा बढी टोलीले भाग लिएका थिए , जसमा १० भन्दा बढी नेपाली उद्यमीहरू सहभागी थिए ।

कार्यक्रममा उनीहरुले आफ्ना अमूल्य परामर्श र सल्लाह प्रदान गरेका थिए । एक कठोर मूल्याङ्कन प्रक्रिया पछि, पाँच टोलीहरू अन–क्याम्पस विजेताको प्रतिष्ठित शीर्षकको लागि प्रतिस्पर्धा गर्दै फाइनलमा पुगेका थिए ।

मेलबर्न लगायत विश्वभरका विभिन्न १२ स्थानहरूमा आयोजना गरिने क्षेत्रीय शिखर सम्मेलनका विजेता टोलीहरूलाइ आफ्नो अवधारणाहरु प्रस्तुत गर्न एक अन्तर्राष्ट्रिय मञ्च प्रदान गरेको थियो । कार्यक्रममा नेपालका प्रतिभाशाली सदस्यहरू वसन्त अधिकारी, अनिशा मल्ल, गरिमा श्रेष्ठ र सहर्ष केसी सम्मिलित ‘द ढाका प्यालेट’ ले मेलबर्नमा आफ्नो क्रान्तिकारी ‘रिडिजाइनिङ फेसन’ अवधारणा प्रस्तुत गरेका थिए ।

उनीहरूको परिकल्पनामा परम्परागत ढाका फेब्रिकलाई एआई (ब्क्ष्० प्रविधिकोे प्रयोग गरी दैनिक पहिरनमा एकीकृत गर्न सकिन्छ भन्ने थियो । उनीहरूको विचार लक्षित बजारलाई अपसाइक्लिंग र रिसाइक्लिंग जस्ता सेवाहरू प्रदान गर्न बाटो विस्तार गर्नेछ । उनीहरूको कोसिस– सिर्जना, परम्परा, सशक्तीकरण र दिगोपनाप्रतिको गहिरो श्रद्धाबाट प्रभावित भएको कलेजले जनाएको छ।

प्रकाशित: २३ जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार