ट्विटरको विज्ञापन बिक्री ५९ प्रतिशतले घट्यो

  • Technology Khabar | २४ जेष्ठ २०८०, बुधबार
ट्विटरको विज्ञापन बिक्री ५९ प्रतिशतले घट्यो

काठमाडौं ।

ट्विटरको विज्ञापन राजस्व घटेको छ। न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार गत वर्षको सोही अवधिको तुलनामा अप्रिल १ देखि मेको शुरुवातसम्मको पाँच हप्ताको अवधिमा ट्विटरको विज्ञापन राजस्व ५९ प्रतिशतले घटेको छ।

ट्विटरको बिक्री नियमित रुपमा कम भएकाले नयाँ सीईओ लिन्डा याकारिनोको आगमनले यी विषयहरु चाँडै परिवर्तन हुने सम्भावना छ।

मस्क पहिला ट्विटरले २०२१ के ५.१ बिलियन अमेरिकी डलरको तुलनामा २०२३ मा ३ बिलियन अमेरिकी डलर राजश्व संकलन गर्ने तर्फ अग्रसर रहेको बताएका थिए।

गत मार्चमा मस्कले ४४ बिलियन अमेरिकी डलरमा खरिद गरेको ट्विटरको मूल्य हाल आधाभन्दा बढीले घटेर २० बिलियन अमेरिकी डलरमा पुगेको छ।
गत हप्ता ट्विटर स्पेसमा, मस्कले युरोप र उत्तर अमेरिकाका विज्ञापनदाताहरूलाई दोष दिँदै “हाम्रो आधा विज्ञापन“ गायब भएको बताए जसले कम्पनीमा “चरम दबाब“ राखेका छन्। “उनीहरूले ट्विटरलाई दिवालिया बनाउन खोजिरहेका छन्,“ उनले थपे।

यद्यपि, ट्विटरको विज्ञापन बिक्री कर्मचारीहरू चिन्तित छन् कि विज्ञापनदाताहरू घृणायुक्त भाषण र पोर्नोग्राफीको वृद्धिले डराएका छन्, साथै अनलाइन जुवा र गाँजा उत्पादनहरू जस्ता चीजहरूका लागि विज्ञापनहरू बढ्दै गएका छन्।

मस्कले ट्विटरको जिम्मा लिएसँगै प्रमुख बिक्री अधिकारीहरूलाई हटाउने र प्रतिबन्धित प्रयोगकर्ताहरूलाई पुर्नस्थापित गर्ने जस्ता कार्यहरू गरेका छन्।

एप्पल, अमेजन र डिज्नी लगायतका अन्य विज्ञापनदाताहरूले गत वर्षको तुलनामा विज्ञापनमा कम खर्च गरिरहेको ट्विटरका कर्मचारीहरूले एनवाईटीलाई बताए।

इभेन्ट र नयाँ चलचित्रहरु (जसको लागि २४ घण्टामा ५ लाख अमेरिकी डलर सम्म लाग्ने) प्रवद्र्धन गर्न प्रयोग गरिने ठूला ब्यानर बिक्री हुन सकेको छैन।

६ ओटा एजेन्सीहरूले ग्राहकहरूले ट्विटरमा असंगत समर्थन, परिवर्तनहरूमा भ्रम र गलत जानकारी र विषाक्त सामग्रीको उपस्थितिमा सीमित विज्ञापन खर्च गरेको बताएका छन्।

प्रकाशित: २४ जेष्ठ २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार