सबै क्षेत्रमा डिजिटल प्रणालीमा लागू गर्नुहोस्, एक रुपैयाँ पनि विदेशीसँग लिनु पर्दैनः सांसद ज्ञानेन्द्र शाही

  • Technology Khabar | २२ जेष्ठ २०८०, सोमबार
सबै क्षेत्रमा डिजिटल प्रणालीमा लागू गर्नुहोस्, एक रुपैयाँ पनि विदेशीसँग लिनु पर्दैनः सांसद ज्ञानेन्द्र शाही

काठमाडौं ।

सबै क्षेत्रमा डिजिटल प्रणाली लागू गर्न सकिए विदेशीसँग एक रुपयाँ पनि लिनु नपर्ने सांसद ज्ञानेन्द्रबहादुर शाहीले बताएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा शाहीले यस्तो बताएका हुन्।

‘डिजिटल र हरित अर्थतन्त्रको प्रवर्तन भन्ने शब्द सुन्दा आहा कति राम्रो लाग्छ। तर यो बजेट पूस्तिकामा लखेर मात्रै हुँदैन,’ उनले भने, ‘सबै क्षेत्रमा डिजिटल प्रणाली लागू गर्नुहोस्।’

महालेखा परिक्षकको प्रतिवेदन अनुसार डिटिल माध्यमबाट वार्षिक ७१ खर्ब ३८ अर्ब १७ करोड रुपैयाँको कारोबार हुने देखिन्छ। र हाम्रो औसत कर ३८.५ प्रतिशत हो। जनताले २९८ प्रतिशतसम्म कर तिर्नु पर्छ।
३८ प्रतिशत मात्र कर उठाउन सकिए २१ खर्ब रुपैयाँ संकलन हुने उनको दाबी छ।

प्रकाशित: २२ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार