विश्वको पहिलो इलेक्ट्रिक फ्लाईङ्ग ससरको परीक्षण, ५० किमी प्रतिघन्टाको गतिमा उड्न सक्ने

  • Technology Khabar | २३ जेष्ठ २०८०, मंगलवार
विश्वको पहिलो इलेक्ट्रिक फ्लाईङ्ग ससरको परीक्षण, ५० किमी प्रतिघन्टाको गतिमा उड्न सक्ने

काठमाडौं ।

विश्वको पहिलो मानवयुक्त “फ्लाईङ्ग ससर” ले शेन्जेन ट्यालेन्ट पार्कमा पहिलो उडान भरेको बताइएको छ। चीनको सेन्जेनमा पूर्णरूपमा विकास गरिएको यस एरियल भेहिकल (हवाई वाहन)ले धेरै दर्शकहरूको ध्यान तानेको छ।

उक्त इभेन्टमा भर्टिकल टेक–अफ र अवतरण गर्ने एयरक्राफ्टको प्रदर्शन गरिएको गीज्मोचाइनामा उल्लेख गरिएको छ। साथै यस एयरक्राफ्ट र साइन्स–फिक्सन चलचित्रहरूका साथै टेलिभिजनहरूमा चित्रण गरिएका आईकोनिक फ्लाईङ्ग ससरहरूसँग स्पष्टरुपमा समानता रहेको उल्लेख छ। यस फ्लाईङ्ग ससरको केन्द्रमा ट्रान्सपेरेन्ट हेमिसफेयर (पारदर्शी गोलार्ध) विशिष्ट फिचरको रुपमा समावेश गरिएको छ। साथै उक्त पारदर्शी गोलार्धले एयरक्राफ्ट भित्र बस्ने वा सवार गर्नेहरूलाई उनीहरूको वरपरको अनुपम मनोरम दृश्य प्रदान गर्दछ।

१५ मिनेटको उडान अवधि, २०० मिटरसम्मको उडान उचाइ क्षमता र ५० किलोमिटर प्रति घण्टाको अधिकतम तेर्सो उडान गतिको साथ यस असाधारण एयरक्राफ्टले एरियल पर्फमेन्स (हवाई प्रदर्शन)मा नयाँ बेन्चमार्कहरू सेट गरेको बताइएको छ। त्यसैगरी यसले स्वचालित र म्यानुअल ड्राइभिङ मोडहरू बीच निर्बाध रूपान्तरणको थप लचिलोपन पनि प्रदान गर्नुका साथै पाइलटहरूलाई परिष्कृत नियन्त्रण र अनुकूलन क्षमता प्रदान गर्नेछ।

सिक्स–होल डक्ट र १२ प्रोपेलर मोटरहरूको परिष्कृत कन्फिगरेसनले सुसज्जित यस असामान्य एयरक्राफ्टले पावर सप्लाई, पावर मोटर अपरेसन र फ्लाईट कन्ट्रोलमा ट्रिपल सेफ्टी रिडन्डन्सीको अभूतपूर्व स्तर हासिल गरेको उल्लेख छ। साथै यसको नविनतम डिजाइनले अतुलनीय विश्वसनीयता सुनिश्चित गर्नुका साथै सम्भावित जोखिमहरूलाई पनि कम गर्ने बताइएको छ।

आफ्नो असाधारण सुरक्षा सुविधाहरूको पूर्ति गर्दै एयरक्राफ्टको यूनिक एक्सटेरियर क्यारेक्टरस्टिक्सले यसलाई सहज रूपमा पानीको सतहहरू नेभिगेट गर्न सक्षम बनाउने र पानीमाथिबाट निर्बाध रूपमा उडान भर्न र अवतरण गर्ने उल्लेखनीय क्षमता प्रदर्शन गरेको उल्लेख छ।

सेन्जेन यूएफओ टेक्नोलोजी कम्पनी लिमिटेडले मानवद्वारा उडाइने यस इलेक्ट्रिक फ्लाईङ्ग ससर सिर्जना गरेको हो। साथै कम्पनीले यस प्रविधिको लागि ग्लोबल पेटेन्ट प्राप्त गरिसकेको उल्लेख गरिएको छ।

प्रकाशित: २३ जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...