
काठमाडौं ।
पूर्व अर्थमन्त्री तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आईटी र कम्प्युटर साइन्स अध्ययनका लागि कायम गरिएको कोटा सिस्टम हटाउनु पर्ने माग गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटको बारेमा भएको छलफलमा बोल्दै पूर्व अर्थमन्त्री कार्कीले आईटी र कम्प्युटर साइन्स अध्ययन गर्ने विद्यार्थीका लागि लगाइने कोटा सिस्टम हटाउनुपर्ने बताएका हुन्।
‘आईटी र पर्यटनलाई विकासको प्रमुख केन्द्रमा राख्नु पर्छ। यस्तो गर्न सकिए हामीले आशा गरे अनुरुप नेपाल विकास हुन्छ,’ उनले भने, ‘१० वर्षमा एशियाको सम्पन्न देशको रुपमा विकास गर्न सकिन्छ।,
आईटीको हब हुन सक्ने नेपालमा सम्भावना छ। यसलाई मध्यनजरमा राखेर अघि बढ्न सके नेपाल छिट्टै नै सम्पन्न मुलुकको रुपमा अघि बढ्ने उनले विश्वास व्यक्त गरे।
प्रकाशित: २२ जेष्ठ २०८०, सोमबार