दार्चुलामा एनटी फाइबर सेवा सुरु

  • Technology Khabar | २२ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

नेपाल टेलिकमले दार्चुलामा एनटी फाइबर सेवाको शुभारम्भ गरेको छ। आइतबार ग्राहकहरुलाई सीपीइ हस्तान्तरण गरी एनटी फाइबर सेवाको शुभारम्भ गरिएको हो।

एनटी फाइबरबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रयोग गर्न सकिने टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङले बताए। टेलिकमको एनटी फाइबर सेवा दार्चुला जिल्ला सदरमुकाम खलंगा बजार र गोकुलेश्वर बजार क्षेत्रमा विस्तार गरिएको छ।

इन्डिभ्युजिअल र कर्पोरेट क्षेत्रलाई एनटी फाइबर सेवा बिक्री गरिन थालिएको कार्यालय प्रमुख गुरुङले बताए। टेलिकमका अनुसार फाइबर टु दि होम सेवा नेपालमा हालसम्म उपलब्ध इन्टरनेट सेवामध्ये सबैभन्दा उच्च गतिको हो।

हाल स्प्रिङ अफर अन्तर्गत डाटा सुविधामा एफटीटीएच प्याकेज वार्षिक ८ हजार रुपैयाँमा, एनटीटीभी सहितको प्याकेजलाई वार्षिक १२ हजार रुपैयाँमा २० एमबीपीएसको इन्टरनेट, ३ हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटी टीभी सेवा उपलब्ध रहेको टेलिकमले जनाएको छ।

सुदूरपश्चिमका अन्य जिल्लामा यसअघि नै यो सेवा सुचारु गरिएपनि दार्चुलामा जेठ २१ गतेदेखि सेवा सुचारु गरिएको हो।

प्रकाशित: २२ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार