एप्पलले “मिक्सड रियालिटी हेडसेट” प्रयोगकर्ताहरूलाई स्वास्थ्य चेतावनी जारी गर्न सक्ने

Technology Khabar २२ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

एप्पलको वार्षिक विश्वव्यापी विकासकर्ता सम्मेलन( डब्ल्युडब्ल्युडिसी) यहि जुन ५ तारिख सोमबार स्थानीय समयअनुसार राति १०ः३० बजे सुरु हुने छ।

इभेन्टको प्रमुख हाइलाइट कम्पनीको पहिलो “मिक्सड रियालिटी हेडसेट”हुने अपेक्षा गरिएको छ जुन एप्पलले अन्तमा देखाउने बताइएको छ।

ब्लूमबर्गको मार्क गुरम्यानले गरेको ट्वीटकाअनुसार, उपकरणले स्वास्थ्यमा परेको अगुमेन्टेड रियालिटी (एआर) र भर्चुअल रियालिटी (भिआर) को प्रभावका कारण उपकरण किन्न वा प्रयोग नगर्न निश्चित स्वास्थ्य अवस्था भएका उपभोक्ताहरूलाई सूचित गर्न सक्नेछ।

सम्भावित ग्राहकहरूमा मेनिएर रोग, विगतको गंभिर मस्तिष्क चोटहरू, पोस्ट कन्कसन सिन्ड्रोम, माइग्रेन र भर्टिगो भएका व्यक्तिहरू समावेश हुन सक्ने बताइएको छ।

एप्पलले सम्मेलनमा केही सहभागीहरू र मिडियालाई उपकरणको नियन्त्रित ह्यान्ड-अन डेमोहरू प्रदान गर्न एप्पल पार्क क्याम्पसमा ठूलो संरचना निर्माण गरेको गुरमानलाई उल्लेख गर्दै बताइएको छ। आईफोन निर्माता कम्पनीले आफ्नो कर्मचारी फिटनेस सेन्टर नजिकैको बास्केटबल कोर्टमा क्षेत्र पनि बनाएको बताइएको छ।

अर्का एप्पल टिपस्टर रस यंगले एप्पलको मिश्रित वास्तविकता (मिक्स्ड रियालिटी) हेडसेटको कथित स्पेसिफिकेशनहरू साझा गरेका छन्। माइक्रो ब्लगिङ साइट ट्विटरमा गत महिना एउटा पोस्टमा, यंगले एप्पल एआर/ भिआर हेडसेट ले ४,००० पिपिआई इन्डेक्स र ५,००० निट्स भन्दा बढी ब्राइटनेस भएको डुअल १.४१ इन्च माइक्रो ओएलइडी डिस्प्ले फिचर गर्ने बताइएको छ।

“मिक्सड रियालिटी हेडसेट”लाई  रियालिटी प्रो भनिने अफवाह रहेको छ। एप्पल रियालिटी प्रो एप्पलको एम २ चिपसेट जस्तै प्रोसेसर भएको चिपसेटद्वारा संचालित हुनसक्ने तथा शरीरको चाल पत्ता लगाउन र अनुहारको भावहरू पढ्न एक दर्जन वा त्यस भन्दा धेरै क्यामराहरू राखिने पनि बताइएको छ।

हेडसेटको मूल्य लगभग ३,००० अमेरीकी डलर रहेको अनुमान गरिएकोछ।

प्रकाशित: २२ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया