
काठमाडौं ।
एथर इलेक्ट्रिकले नयाँ किफायती भेरियन्ट भारतमा सार्वजनिक गरेको छ। कम्पनीले एथर ४५०एस १ लाख ३० हजार भारुमा सार्वजनिक गरिएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
कम्पनीले एथर ४५०एस आफ्नो आधिकारिब वेबसाइटबाट सार्वजनिक गरेको हो। यस स्कुटर खरिद गर्न इच्छुक ग्राहकले कम्पनीको वेबसाइटमा रजिस्टर गर्न सक्छनेछन्। यसको आधिकारिक बुकिङ जुलाईदेखि सुरु गरिनेछ।
एथरले हालसम्म डेलिभरी मिति भने घोषणा गरेको छैन।
एथर ४५०एसमा ३ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ। यसले सिंगल चार्जमा ११५ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यो भन्दा माथिल्लो भेरियन्ट ४५० एक्स वा ४५० एक्स प्रोमा ३.७ किलोवाट आवर क्षमताको ब्याट्री दिइने सम्भावना छ।
एथरले पर्फमेन्समा कुनै सम्झौता गरेको छ। ४५०एस मोडलको टप स्पीड ९० किलोमिटर प्रति घण्टा छ। टप भेरियन्टको स्पीड पनि समान हुनेछ। यसको आधार वेस भेरियन्ट र टप भेरियन्टमा ब्याट्री र रेञ्ज मात्र कम हुन सक्छ।
प्रकाशित: २० जेष्ठ २०८०, शनिबार