पोर्शसँग मिलेर बनाएको याडियाको भीएफ एफ२०० इलेक्ट्रिक स्कुटर अनावरण, ८० माइलको रेञ्ज दिने

  • Technology Khabar | १६ जेष्ठ २०८०, मंगलवार
पोर्शसँग मिलेर बनाएको याडियाको भीएफ एफ२०० इलेक्ट्रिक स्कुटर अनावरण, ८० माइलको रेञ्ज दिने

काठमाडौं ।

याडियाले युरोपेली बजारका लागि डिजाइन गरिएको भीएफ एफ२०० इलेक्ट्रिक स्कुटर घोषणा गरेको छ। उक्त नयाँ इलेक्ट्रिक स्कुटर ‘याडिया भीएफ एफ२००’ याडिया र पोर्शले संयुक्तरूपमा विकास गरेको उल्लेख छ।

सीईएसमा याडियाले केही इलेक्ट्रिक टू–व्हीलर्स (दुई पाङ्ग्रे सवारी साधनहरू) को प्रदर्शनसँगै उक्त नयाँ भीएफ एफ२०० इलेक्ट्रिक स्कुटरको अनावरण गर्ने गीज्मोचाइनामा उल्लेख गरिएको छ।

याडिया भीएफ एफ२०० ई–स्कुटरले पोर्शको डिजाइन फिलोसोफी (दर्शन)को इम्प्रिमेटर अंगालेको बताइएको छ। नयाँ भीएफ एफ२०० इलेक्ट्रिक स्कुटर रोमाञ्चक तरिकामा स्लिक र स्ट्रिलाइन्ड देखिने उल्लेख गरिएको छ। साथै बाइक स्पोर्ट्स कारहरूको आर्किटेक्चर र (इलिग्यान्ट फर्म) सुरुचिपूर्ण रूपहरूबाट प्रेरित भएको बताइएको छ।

विद्युतीय दुई पाङ्ग्रे सवारी बजार युरोप लगायत अन्य धेरै बजारहरुमा विस्तार हुने क्रम जारी रहेको छ। याडिया भीएफ एफ२०० एक इम्प्रेसिभ स्पिेक सिट (प्रभावशाली वशिष्टता) को साथ आउने र उक्त नयाँ इलेक्ट्रिक स्कुटर एल३ई कोटिमा सबैभन्दा शक्तिशाली ई–स्कुटर भएको याडियाले बताएको उल्लेख छ। साथै स्कुटर १२५ सीसी ग्यास–पावर्ड (संचालित) मोटरसाइकलको साथ पावरमा स्क्वायर अप हुने तर रेगुलेटरी कन्स्ट्रेन्ट्स (नियामक अवरोधहरू) ले यसको पावर क्याप गरिएको बताइएको छ।

एफ२०० ई–स्कूटरलाई ११ किलोवाटको पिक आउटपुटको साथ मूल्याङ्कन गरिएको तर यस ई–स्कूटरले ग्यास–पावर्ड (संचालित) मोटरसाइकलहरू भन्दा फरक तवरमा आफ्नो रेभ रेञ्ज (दायरा) मा उक्त शक्ति बनाउने उल्लेख छ। एफ२०० सँग यसको दोब्बर पावर आउटपुट हुन सक्ने बताइएको छ। सम्पूर्ण रेभ रेञ्ज (दायरा)मा उपलब्ध भएको यस ई–स्कुटरमा २३६ एनएमको टर्क रहेको छ। यसले गर्दा भीएफ एफ२०० लाई मात्र २.५ सेकेन्डमा नै शुन्य देखि ३० माइल प्रति घण्टामा जानको लागि शक्ति प्रदान गर्नेछ। रेगुलेटरी क्यापअनुसार बाइकको टप स्पीड ६२ माइल प्रतिघण्टा रहेको र एक पटकको सिङ्गल चार्जमा ८० माइलको दुरीसम्म पुग्न सक्ने उल्लेख गरिएको छ।

हाल याडिया एफ२०० इलेक्ट्रिक स्कुटरको मूल्य निर्धारण र रिलीज मितिको बारेमा जानकारी छैन्।

प्रकाशित: १६ जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार