ई-कमर्श प्लेटफर्ममार्फत कारोबार गर्नेलाई एक प्रतिशत अग्रिम कर लाग्ने

  • Technology Khabar | १६ जेष्ठ २०८०, मंगलवार
ई-कमर्श प्लेटफर्ममार्फत कारोबार गर्नेलाई एक प्रतिशत अग्रिम कर लाग्ने

काठमाडौं ।

ईकमर्श सेवा संचालन गर्ने अपरेटरले आगामी आर्थिक वर्षदेखि प्लेटफर्ममा कारोबार गर्नेबाट बिक्री गरिएको रकम भुक्तानीमा १ प्रतिशत अग्रिम कर उठाउनुपर्ने भएको छ।

अर्थमन्त्री डा. प्रकाशसरण महतले सोमबार संघिय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को लागि वार्षिक बजेट पेश गर्दै आर्थिक विद्येयक २०८० मार्फत ईकमर्श अपरेटरले अग्रिम कर उठाउनुपर्ने व्यवस्था गरेका हुन्।

सो विद्येयकले आयकर ऐन २०५८ मा संसोधन गर्दै नयाँ व्यवस्था गरेको हो।

सो ऐनको दफा ९५ को उपदफा (६घ) पछि देहायको उपदफा (६ङ)
थपिएको छः-” (६ङ) बासिन्दा विद्युतीय व्यापार सञ्चालक (इ-कमर्श अपरेटर) ले आफ्नो प्लेटफर्ममा आबद्ध भई कुनै वस्तु, सेवा वा वस्तु र सेवा प्रदान गर्ने व्यक्तिलाई वस्तु, सेवा वा वस्तु र सेवा बिक्री बापतको रकम भुक्तानी गर्दा एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ।”

प्रकाशित: १६ जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार