आउटसोर्समार्फत विदेशी मुद्रा कमाउनेलाई ५० प्रतिशत छुट

  • Technology Khabar | १५ जेष्ठ २०८०, सोमबार
आउटसोर्समार्फत विदेशी मुद्रा कमाउनेलाई ५० प्रतिशत छुट

काठमाडौं ।

सरकारले बिजनेस प्रोसेसिङ्ग सिस्टम, सफ्टवेयर प्रोग्रामिङ तथा क्लाउड कम्यूटिङ्गमार्फत आउटसोर्स गरेर विदेशी मुद्रा आर्जन गरेमा त्यसमा छुट दिने भएको छ।

अर्थमन्त्री डा. प्रकाशसरण महतले आज संघिय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को लागि वार्षिक बजेट पेश गर्दै उक्त घोषणा गरेका हुन्।

यसरी वैदेशिक मुद्रा आर्जन गर्नेलाई सरकारले आगामी आवदेखि ५० प्रतिशत छुट दिने भएको हो।

प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...