
काठमाडौं ।
सामाजिक सुरक्षाकोष आवद्ध भई वैदेशिक रोजगारीमा जानेले भन्सार छुटमा टिभी ल्याउन पाउने भएका छन्।
आगामी आर्थिक २०८०/८१ वर्षदेखि सामाजिक सूरक्षा कोष आवद्ध भई श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई कम्तिमा लगातार १२ महिना काम गरि फर्केका व्यक्तिले आफ्नो साथमा ल्याएको जुनसुकै आकारको टिभीमा भन्सार महशुल छुट दिइएको अर्थमन्त्री डा. प्रकाशसरण महतले बताएका छन्।
सरकारले कराधार बिस्तारका लागि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीबाट फर्किएका नेपाली नागरिकलाई थप एक थान मोबाइल ल्याउन सकिने व्यवस्था गरिएकोमा अब टेलिभिजनमा ल्याउनसमेत छुट दिने भएको उनले घोषणा गरेका हुन्।
प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार