
काठमाडौं ।
सरकारले धरानमा डाटा सेन्टर र बुटवलमा इन्टरनेट एक्सचेञ्ज सेन्टर निर्माण प्रक्रिया अघि बढाउने भएको छ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशसरण महतले धरानमा डाटा सेन्टर र बुटवलमा इन्टरनेट एक्सचेञ्ज सेन्टर निर्माण गर्न सम्भाव्यता अध्ययन अघि बढाइने बताएका हुन्।
कोहलपुरमा डाटा सेन्टर र ललितपुरमा इन्टरनेट एक्सचेञ्ज सेन्टरको निर्माणका लागि तिब्रता दिन बजेटको व्यवस्था गरिएको पनि बजेट वक्तव्यमा उल्लेख छ।
विद्युतीय तथ्याङ्कहरूको सुरक्षा, भण्डारण र उपयोगलाई व्यवस्थित बनाउन विद्युतीय तथ्याङ्क सुरक्षा नीति तर्जुमा गरिने जनाएको छ।
प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार