ई-कमर्शमार्फत हुने कारोबारका लागि कानूनी व्यवस्था गरिने

  • Technology Khabar | १५ जेष्ठ २०८०, सोमबार
ई-कमर्शमार्फत हुने कारोबारका लागि कानूनी व्यवस्था गरिने

काठमाडौं ।

सरकारले निर्यात व्यापार तथा प्रबर्द्धन गर्नका लागि ई-कमर्शको मार्फत हुने नेपाली व्यापार कारोबारको लागि कानून तयार पार्ने भएको छ।

अर्थमन्त्री डा. प्रकाशसरण महतले आज संघिय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को लागि वार्षिक बजेट पेश गर्दै उक्त घोषणा गरेका हुन्।

यसका साथै सरकारले विद्युतीय हाटबजारलाई व्यवस्थित गर्न गुणस्तर मापदण्ड लागू गर्ने भएको छ।

डा.महतले औद्योगिक प्रवर्द्धन, पूर्वाधार एवं मानव संसाधन विकास र असल औद्योगिक सम्बन्ध कायम गरी उत्पादन र उत्पादकत्व वृद्धि गरिनेछ भने उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी पुँजी र प्रविधि आकर्षण गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने बताए ।

प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार