लेनोभोको ‘ब्लेड ७०००के २०२३’ डेस्कटप कम्युटर सार्वजनिक

  • Technology Khabar | १६ जेष्ठ २०८०, मंगलवार
लेनोभोको ‘ब्लेड ७०००के २०२३’ डेस्कटप कम्युटर सार्वजनिक

काठमाडौं ।

लेनोभोको ब्लेड लाइनअपमा शक्तिशाली हार्डवेयर प्राप्त गर्ने केही अत्याधुनिक डेस्कटप पर्सनल कम्युटरहरू मध्ये एक रहेको छ। कम्पनीले हालै इन्टेल कोर आई७–१३७००के र आरटीएक्स ४०९० ग्राफिक्स कार्डको साथ लिजियन ब्लेड ९०००के को नयाँ कन्फिगरेसन लन्च गरेको उल्लेख छ।

त्यसैगरी कम्पनीले आईतबार कोर आई७–१३७००केएफ प्रोसेसर र एनभिडिया आरटीएक्स ४०६० जीपीयू सहितको लेनोभो लिजियन ब्लेड ७०००के २०२३ को नयाँ संस्करण अनावरण गरेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

लिजियन ब्लेड ७०००के २०२३ को नयाँ कन्फिगरेसन केही अपग्रेडहरूका साथ आएको बताइएको छ। अब १३ औं पुस्ताको कोर के सिरिजका दुई ओटा प्रोसेसरहरू आई५–१३६००केएफ र आई७–१३७०० केएफबाट छनौट गर्न सकिने उल्लेख छ। यस वर्षको सुरुमा अनावरण गरिएको ओरिजिल मोडेलमा कोर आई७–१३७०० केएफ सीपीयूको साथ आएको थियो। साथै उक्त मोडलमा १२ जीबी एनभिडिया आरटीएक्स ४०७० टीआई ग्राफिक्स कार्ड पनि रहेको थियो। नयाँ संस्करणमा भने लेनोभोको कस्टमाईज (अनुकूलित) आरटीएक्स ४०६० टीआई युनिट सहित ८ जीबी र्याम रहेको बताइएको छ। साथै यस नयाँ संस्करणमा १६जीबी को स्ट्यान्डर्ड मेमोरी र स्ट्यान्डर्ड (मानक) १ टिबीको एसएसडी रहेको उल्लेख छ।

नयाँ ब्लेड ७०००के ले एयर इनटेकको लागि ग्रिल कभरको साथ रंगीन “लिजियन” लोगो अपनाएको छ। साथै यसको थप सौन्दर्य अपीलको लागि आरजीबी फ्यानहरू रहेको जस्तो देखिएको बताइएको छ। डिभाइस्मा म्याट्रिक्स कुलिङ ५.० प्रो सिस्टम (प्रणाली) सँग सुसज्जित हुनुका साथै यसमा १८१डब्लु सीपीयू टावर रेडिएटर रहेको छ।

यसबाहेक, मदरबोर्डले २५२डब्लु तात्कालिक सीपीयू प्रदर्शनलाई समर्थन गर्न सक्ने ८–फेज पावर सप्लाई प्रयोग गर्ने उल्लेख छ। डिभाइसमा चारओटा डीडीआर५ मेमोरी स्लट र दुई एम.२ स्लटहरू रहेका छन्।

लेनोभो ब्लेड ७०००के २०२३ को प्रारम्भिक मूल्य ९,१९९ युआन (१३०२ डलर) रहेको छ। साथै यसको लागत एसएसडी र र्याम भेरियन्टहरूको चयनमा निर्भर हुनेछ। कोर आई ५ संस्करण कोर आई ७ भन्दा सस्तो पर्ने बताईएको छ। डेस्कटप सीपीयू हाल चीनमा खरिदका लागि उपलब्ध भएको तर विश्वव्यापी उपलब्धताको बारेमा भने कुनै जानकारी उपलब्ध नभएको उल्लेख छ।

प्रकाशित: १६ जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार