बत्तीस लाख ३१ हजार स्मार्ट ड्राइभिङ लाइसेन्स प्रिन्ट, कतिजनाले पाए भन्ने सरकारसँग छैन् तथ्यांक

  • Technology Khabar | १४ जेष्ठ २०८०, आईतवार
बत्तीस लाख ३१ हजार स्मार्ट ड्राइभिङ लाइसेन्स प्रिन्ट, कतिजनाले पाए भन्ने सरकारसँग छैन् तथ्यांक

काठमाडौं ।

नेपालमा ३२ लाख ३१ हजार ४७५ यूनिट स्मार्ट कार्ड (ड्राइभिङ लाइसेन्स) प्रिन्ट भएको छ।

आईतबार सार्वजनिक आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म ३२ हजार ३१ हजार ४७५ यूनिट स्मार्ट कार्ड प्रिन्ट भएका छन्।

चालु आवको पहिलो ८ महिनामा थप ५ लाख २ हजार २२ यूनिट स्मार्ट लाइसेन्स प्रिन्ट भएको छ। आर्थिक वर्ष २०७८/७९ मा २७ लाख २९ हजार ४५३ यूनिट स्मार्ट लाइसेन्स प्रिन्ट भएको सर्वेक्षणमा उल्लेख छ।

यातायात व्यवस्था विभागले २०७२ मंसिरबाट स्मार्ट लाइसेन्स वितरण सुरु गरेको हो। स्मार्ट लाइसेन्स वितरण सुरु भएको ८ वर्ष हुँदा पनि सेवाग्राहीले पाउने सास्ति यथावत रहेको छ। कार्ड र प्रिन्टरको अभावका कारण सेवाग्राहीले हालसम्म पनि समयमै स्मार्ट कार्ड पाउन सकिरहेका छैनन्।

अहिले पनि स्मार्ट लाइसेन्स नवीकरण र नयाँ प्राप्त गर्न सेवाग्राहीले एक वर्ष भन्दा बढी समय कुर्नुपर्ने बाध्यता कायम छ। पूर्व तयारी र आवश्यक स्रोतको व्यवस्थापन नगरी स्मार्ट कार्ड लागू गर्दा यस्तो झन्झट देखिएको हो।

तर सरकारले तथ्यांकमा कति सेवाग्राहीले सो अवधिमा स्मार्ट कार्ड प्राप्त गरे वा बितरण गरियो भन्ने उल्लेख गरेको छैन्।

प्रकाशित: १४ जेष्ठ २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार