
काठमाडौं ।
सबै विद्युतीय गाडीहरुलाई उछिन्दै “टेस्ला मोडल वाई” यतिबेला संसारकै सबैभन्दा बिक्रि हुने कारको रुपमा स्थापित भएको छ।
मोटर वानद्वारा प्रकाशित जाटो डायनामिक्सको विश्लेषक तथ्याङ्कअनुसार, “टेस्ला मोडल वाई” ले टोयोटाको आरएभी ४ र कोरोला मोडेललाई उछिनेर २०२३ को पहिलो त्रैमासिकमा बिक्रीको शीर्ष स्थानमा रहेको छ। यद्यपि २०२३ मोडल वाईको मूल्य ४७,४९० डलर वा कोरोला तथा आरएभी भन्दा बढी मूल्यमा सुरु भएको बताइएको छ। कोरोलाको मूल्य अमेरिकी डलर २१,५५० रहेको छ भने आरएभीको मूल्य अमेरिकी डलर २७,५७५ रहेको बताइएको छ।
जाटो डायनामिक्सद्वारा रिपोर्ट गरिएको तथ्याङ्कले “टेस्ला मोडल वाई” ले पहिलो त्रैमासिकमा विश्वव्यापीरूपमा २ लाख ६७ हजार २०० इकाइहरू बेचेको छ, जुन इकाइहरूको तुलनामा सोही अवधिमा वाई मोडेलको लागि वार्षिक रूपमा ६९ प्रतिशत वृद्धि भएको बताइएको छ। कोरोलाले सोही अवधिमा २ लाख ५६ हजार४०० तथा आरएभीले २ लाख १४ हजार ७०० इकाइहरू बिक्री गरेको बताइएको छ।
टेस्ला टिएसएलए, प्लस ४.७२ प्रतिशतले बिक्रीको सही ब्रेकडाउन प्रदान नगरिए पनि २०२३ को पहिलो त्रैमासिकमा ग्राहकहरूलाई ४ लाख मोडल वाई र मोडेल ३ सवारी साधनहरू डेलिभर गरिएको रिपोर्ट गरीएको छ।
टेस्लालाई ईभी बजारमा प्रभुत्व कायम राख्न अनुमति दिँदै प्रतिस्पर्धी कार निर्माताहरूद्वारा विद्युतीय सवारीको विकास गति पनि सुस्त रहेको छ।त्यस्तै, टेस्लाले विगत केही वर्षहरूमा मोडेल वाईसहित आफ्ना अधिकांश कारहरूको मूल्य प्रायः घटाएको देखिन्छ।
टेस्ला ईभी हाल विश्वको सबैभन्दा धेरै बिक्रि हुने गाडी भएतापनि कम्पनी समग्रमा सबैभन्दा ठूलो विश्वव्यापी अटोमेकर भने होईन्। लोगोसका अनुसार, टेस्ला २०२२ को लागि १९ औं स्थानमा रहेकाले शीर्ष १० ठूला विश्वव्यापी कार निर्माताहरूको लिष्टमा भने नपरेको बताइएको छ।
मोडेल वाईले २०२२ को लागि समग्र विश्वव्यापी वरीयतामा तेस्रो स्थानमा रहेको थियो। ट्रक र फुल साइज एसयूभीहरूको प्रतिस्पर्धाको बावजुद अमेरिकाको शीर्ष १० सबैभन्दा बढी बिक्रि हुने कारहरूको सूचीमा छैटौं स्थानमा परेको हो।
गत वर्ष, यो युरोप र क्यालिफोर्निया दुवैमा सबैभन्दा बढी बिक्रि हुने सवारी साधन बनेको थियो भने यतिबेला गत वर्षको तुलनामा १५ स्थान उछालिँदै मोडेल वाई चीनमा चौथो सर्वाधिक बिक्रि भएको कार रहेको बताइएको छ।
प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार