ताजा समाचार

इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान अन्तरगतको घर पूर्ण बहादुर श्रेष्ठले पाए

इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान अन्तरगतको घर पूर्ण बहादुर श्रेष्ठले पाए
Global IME Bank

डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा युएइमा बस्ने पूर्ण बहादुर श्रेष्ठले काठमाडौमा घर जित्न सफल भएका छन्।

जेठ १२ गते शुक्रबार, इसेवा मनि ट्रान्स्फरका ब्राण्ड एम्बेस्डरहरू र कम्पनीका कार्यकारी अधिकृतले इसेवा मनि ट्रान्स्फरको आधिकारिक फेशबुक पेज मार्फत गरेको प्रत्यक्ष डिजिटल गोलाप्रथामा युएइमा बस्ने पूर्ण बहादुर श्रेष्ठले घर जित्न सफल भएका हुन्।

विजेता श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर जित्न सफल भएका हुन्। श्रेष्ठले युएइबाट इसेवा मनि ट्रान्स्फरमार्फत आफ्नो घरमा रहेका बुबाको बैंक एकाउन्टमा रेमिट्यान्स् पठाएका थिए।

पत्रकार सम्मेलन सहित गरिएको प्रत्यक्ष प्रसारण कार्यक्रममा बोल्दै इसेवा मनि ट्रान्स्फरका निर्देशक डेनियल डि श्रेष्ठले भने ‘नेपालमा क्यासलेस अर्थतन्त्र बनाउन निरन्तर लागिरहेको एफवान सफ्ट ग्रुप अन्तरगतको कम्पनी इसेवा मनि ट्रान्स्फरले रेमिट्यान्स्लाई पनि डिजिटल बनाउने अभियान सञ्चालन गरिरहेको छ। यस अभियानप्रति सहयोग र हौसला प्रदान गर्ने सबै नेपालीहरूलाई म धन्यवाद दिन चाहन्छु।’

इसेवा मनि ट्रान्स्फरले विदेशबाट आउने रेमिट्यान्सलाई बैधानिक बनाउन प्रोत्साहन गर्ने उदेश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो। डिजिटल रेमिट्यान्स्लाई प्रोत्साहन गर्दै आएको कम्पनीले ‘मेरो डिजिटल देश’अभियान मार्फत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढेदुई तलाको घर दिने घोषणा गरेको थियो।

७ असोजदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स् पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए।

कार्यक्रममा बोल्दै इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले विदेशबाट नेपालीले पठाउने रेमिट्यान्सलाई बैधानिक बनाउने कुरामा ‘मेरो डिजिटल देश’ अभियान सफलतापूर्वक सम्पन्न भएको बताए।

उनले भने ‘हामीले जुन उद्देश्यका साथ यो अभियान सञ्चालन गरेका थियौँ, यसमा नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूको उत्साहजनक सहभागिता रह्यो। आगामी दिनमा पनि ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिँदै बैधानिक रेमिट्यान्स्लाई प्रोत्साहन गर्नुहुनेछ भन्ने अपेक्षा हामीले गरेका छौँ।

Sajilo Visa
easy care