नेपाल प्रहरीले भन्यो- मर्मतका कारण अनलाइन सेवामा शनिवार अवरोध हुनसक्छ

  • Technology Khabar | १२ जेष्ठ २०८०, शुक्रबार
नेपाल प्रहरीले भन्यो- मर्मतका कारण अनलाइन सेवामा शनिवार अवरोध हुनसक्छ

काठमाडौं ।

नेपाल प्रहरीले आफ्नो अनलाइन सेवामा शनिवार अवरोध हुनसक्ने जनाएको छ।

प्रहरीले सार्वजनिक सूचना जारी गर्दै शनिवार दिउँसोको समयमा प्राविधिक मर्मत गरिने बताएको छ।

जसअनुसार जेठ १३ गते बिहान १०:०० बजेदेखि अपरान्ह १४:०० बजेसम्म नियमित प्राविधिक मर्मत सम्भारका कारण नेपाल प्रहरीको विभिन्न अनलाइन सेवा प्रयोगमा अवरोध हुनसक्ने जनाएको छ।

उक्त अवधिमा पर्नसक्ने असुविधाका लागि प्रहरीले क्षमा मागेको छ।

प्रकाशित: १२ जेष्ठ २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार