
काठमाडौं ।
स्याटेलाइट कम्पनी वनवेबले जोयस्या (JoeySat) बीम-हपिङ भूउपग्रह सहित १६ भूउपग्रहहरूको सफल प्रक्षेपण र तैनाथीको पुष्टि गरेको छ।
स्पेस एक्ससँग काम गर्दै, भूउपग्रहहरू मे २० मा क्यालिफोर्नियाको भान्डेनबर्ग स्पेस फोर्स बेसबाट प्रक्षेपण गरिएको थियो।
कम्पनीले वनवेब कन्स्टलेसन निर्माणको क्रममा नयाँ १६ स्याटेलाइटहरु लो अर्थ अर्विट अर्थात पृथ्वीको तल्लो कक्षमा पठाएको हो।
बेलायती कम्पनी वनवेबले विश्वभर पहुँच नभएका स्थानहरुमा आफ्ना ग्राहकहरुलाई तिब्रगतिको इन्टरनेट सेवा दिने योजना गरेको छ।
प्रकाशित: १० जेष्ठ २०८०, बुधबार