राइड सेयरिङबाट विदेशीलाई पैसा गयोः सांसद पाण्डे

  • Technology Khabar | ९ जेष्ठ २०८०, मंगलवार
राइड सेयरिङबाट विदेशीलाई पैसा गयोः सांसद पाण्डे

काठमाडौं ।

राइड सेयरिङ सेवाबाट विदेशीलाई पैसा जाने गरेको सांसद राजेन्द्रप्रसाद पाण्डेले बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद पाण्डले राइड सेयरिङ सेवाबाट विदेशीलाई पैसा जाने गरेको बताएका हुन्।

‘पठाओ, टुटल जस्ता यातायातका साधनबाट हामीले दैलामा सुविधा प्राप्त गरेका छौं। तर यी नेपालमा चलेका साधनबाट विदेशीलाई पैसा जाने गर्छ,’ सांसद पाण्डेले भने, ‘नेपालले आफ्नै कानुन बनाएर आफ्नै यहीका युवाहरुले काम गर्न पाउने कानुनी बन्दोबस्त गर्नुपर्छ।’

प्रकाशित: ९ जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...