
काठमाडौं ।
देशभरका सबै जिल्लाबाट इमरजेन्सी ई–पासपोर्ट लिने र दिने व्यवस्था गर्न प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले माग गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सबै जिल्ला प्रशासनबाटै इमरजेन्सी ई–पासपोर्ट लिने र दिने व्यवस्था गर्न माग गरेका हुन्।
उनले राहदानी लिन नेपाली जनताले निकै सास्ती व्यहोर्नु परेको भन्दै सातै प्रदेश सदरमुकामबाट ई–पासपोर्ट मेसिन पनि राख्न माग गरे।
प्रकाशित: ९ जेष्ठ २०८०, मंगलवार