चीनमा फाइभजी इन्टर-नेटवर्क रोमिङ सेवाको व्यावसायिक परीक्षण शुरु

Technology Khabar ९ जेष्ठ २०८०, मंगलवार

काठमाडौं ।

चीनले विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (डब्लुटीआईएसडी) २०२३ को सम्मेलनमा “विश्वको पहिलो व्यावसायिक फाइभजी इन्टर-नेटवर्क रोमिङ सेवा परीक्षण” भएको दाबी गरेको छ।

डब्लुटीआईएसडी हरेक वर्ष मे १७ मा मनाइन्छ। यस वर्षको सम्मेलन पूर्वी चीनको आन्हुइ प्रान्तको राजधानी हेफेईमा “सूचना र सञ्चार प्रविधिको माध्यमबाट अतिकम विकसित देशहरूलाई सशक्त बनाउने” भन्ने नाराका साथ आयोजना गरिएको थियो।

सिन्ह्वा समाचार एजेन्सीको रिपोर्टअनुसार पहिलो व्यावसायिक ५जी इन्टर-नेटवर्क रोमिङलाई सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा परीक्षण प्रयोगमा राखिनेछ, जसले प्रयोगकर्ताहरूलाई आफ्ना अपरेटरहरूको ५जी नेटवर्कको दायरा बाहिर हुँदा अन्य अपरेटरहरूको फाइभजी सेवाहरूमा पहुँच गर्न अनुमति दिन्छ।

५जी रोमिङ सेवाहरू प्रदान गरिएका क्षेत्रहरूमा, प्रयोगकर्ताहरूले आफ्नो सिम कार्ड वा फोन नम्बर परिवर्तन नगरी फाइभजी रोमिङ समर्थन गर्ने टर्मिनलहरू प्रयोग गर्न सक्छन्, र थप शुल्क नतिरिकन सीधै फाइभजी रोमिङ सेवा प्रयोग गर्न सक्छन्।

प्रकाशित: ९ जेष्ठ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया